सांसदलाई जथाभावी उपचार खर्च, सबैभन्दा बढी लिने शान्तिकुमारी

काठमाडौं । संघीय संसदका सांसदले २ हजारदेखि २ लाखसम्म उपचार खर्च बुझेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका ४० जना सांसदले झन्डै सात लाख उपचार खर्च लिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।

फागुन् २१ बाट संसद् बैठक प्रारम्भ भएयता सचिवालयमा उपचार खर्चका लागि सांसद्का निवेदनका चाङ लागेका छन् । सचिवायलयमा कार्यरत चिकित्सकको टोलीले उपचार खर्चका बिलमाथि अनुसन्धान गरेर यकिन रकम मात्र उपलब्ध गराउने सचिवालयको भनाई छ ।

सत्तासीन नेकपाका राष्ट्रियसभा सांसद् शान्तिकुमारी अधिकारीले सबैभन्दा बढी २ लाख २३ हजार ९ सय २९ रुपैयाँ उपचार खर्च लिएकी छिन् । सांसद् अधिकारीले जेठ ३१ गते र भदौ २४ गते दुई पटक सचिवायलयबाट उपचार खर्च लिएकी छिन् ।, आजको अन्नपूर्ण पोष्टमा यो खबर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस