कसरी हुन्छ आँखामा जलबिन्दु ? यसरी बचौँ जलबिन्दुबाट

काठमाडाैं । जलबिन्दु आँखासम्बन्धी रोग हो। यो रोग ४० वर्षभन्दा वढी उमेरका मानिसमा वढी देखिने गर्छ। समयमै उपचार नगराएको अबस्थामा जलबिन्दुकै कारण दृष्टिविहीनसमेत हुनसक्छ।

मधुमेह वा उच्च रक्तचापका विरामी पनि यसको जोखिममा हुने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। कतिपयलाई वंशानुगत समस्याको कारणले पनि जलविन्दुको समस्य हुने गर्छ। आँखामा भएको जलविन्दुबारे कहिलेकाही जानकारी नहुन पनि सक्छ। एक्कासी आँखा बन्द भएपछि मात्र थाहा पाउन सकिन्छ।

त्यसैले समय समयमा आँखा परीक्षण गराउनुपर्छ। जलबिन्दु हुँदा आँखाको भित्री भागको आकार बढ्दै जान्छ। र, आँखाको नानीमा सफा पानीजस्तो तरल पदार्थ देखा पर्न थाल्छ। यस्तो अबस्थामा आँखामा प्रेसर बढ्छ। यसले बिस्तारै आँखाको दृष्टिक्षमतालाई क्षति गर्दै लैजान्छ।

सुरुवाती समयमै जलबिन्दुको निदान गर्न सकेमा केही घटाउन र दीर्घकालिन रुपमा नियन्त्रणमा राख्न सकिन्छ। तर, ढिला थाहा भएमा आँखाको शल्यक्रिया गरेर मात्र यसलाई निर्मूल पार्न सकिन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस