साँझ ‘हामीलाई सुरक्षा दिनुस्’ भन्दै घर छिरेकाले मध्यराती हतियार देखाएर सर्वस्व लुटेर लगे

काठमाडाैं । साँझ ७ बजेतिर ३ जना युवा ‘हामीलाई बचाइदिनुस्, सुरक्षा दिनुस्’ भन्दै भरतपुर ८ गौरीगन्ज ज्योतिष टोलस्थित तारानाथ सुवेदीकोे घरमा पसे। घरधनीले आपत् परेको होला भनेर आश्रय दिए । राति १० बजेपछि जाने भन्दै उनीहरूले सोही घरमा खाना पनि खाए । आश्रय दिएकै युवा लुटपाट गरी फरार भए।

७ मंसिरमा सुवेदीको घरबाट २ लाख नगदसहित ७ लाखबराबरको धनमाल लुटपाट भएको छ। मोटरसाइकलसमेत लुटेराले लगेकामा भोलिपल्ट भोजाडमा भेटिएको चितवन प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले जानकारी दिए। यो खबर आजको नयाँ पत्रिका दैनिकमा चितवनबाट दीपेन्द्र अधिकारीले लेखेका छन्।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले ३ जना पक्राउ गरेको छ । मकवानपुर हेटौँडा २ का ५० वर्षे रामचन्द्र थापा, मकवानपुर राक्सिराङ ८ का ३२ वर्षे रामकुमार मोक्तान, मकवानपुर थाहा नगरपालिका ७ आग्रा चौवासका ४८ वर्षे सन्तबहादुर थिङलाई प्रहरीले पक्रेको हो।

हतियार देखाएर लुटेः सुवेदी
छोटो दिन, रात परिसकेको थियो । तीनजना केटा हस्याङफस्याङ गर्दै दौडिएर आए । घरमा बूढी आमा, पाहुना बहिनी–ज्वाइँ, भुराभुरी सबै थियौँ।

साँझका वेला ज्यान जोगाइदिनुपर्यो भन्दै आएपछि हामीले पनि नाइनास्ती गरेनौँ । उनीहरूले ‘दस बजेसम्म बसेर निस्कन्छौँ’ भने । बेलुकी खाना पकाएर दियौँ । एकजनाले खाना खाए । हामी सबै एउटै कोठामा बसेर गफ गर्र्दै थियौँ। वरपर सबै चकमन्न भइसकेको थियो । उनीहरूले चक्कु, हथौठालगायत हतियार देखाए । हामी एकाएक अचम्मित भयौँ।

तीमध्ये २ जना मंगोलियन र १ जना आर्य समुदायका जस्ता थिए । ‘तिमीहरूसँग नगद पाँच लाख छ, त्यही लिन आएका,’ भने । मसँग जम्मा २ लाख थियो । मैले, ‘दुई लाख छ,’ भनेँ। उनीहरूले, ‘जसरी पनि पाँच लाख पुर्याएर लैजाने हो, केके छ निकाल,’ भने । त्यसपछि घरमा भएको गरगहना, बहिनी ज्वाइसँग भएको गहना पनि लुटे । साथमा रहेका चारवटा मोबाइल पनि लुटेर लगे । मोटरसाइकल पनि लगे । राति दुई बजे हामीलाई भित्र थुनेर निस्के।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई जहाजमार्फत रुपन्देही लगिँदै, बुटवल लक्षित प्रदर्शन गर्ने तयारीमा रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा …

प्रतिकृया दिनुहॊस