पाँच दिनदेखि एकै गाउँका तीन बालिका सम्पर्कविहीन

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्।

हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्तामा कक्षा ९ की १४ वर्षीया निशा सिंह, १५ वर्षीया यमुना खत्री र कक्षा ७ की १२ वर्षीया रिसिमा खत्री छन्। रिसिमा र यमुना दिदी बहिनी हुन्।

सम्पर्कविहीन तीनै बालिकाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

१० पुसमा सिम्ता गाउँपालिकासँग जोडिएको सल्यान जिल्लाको सल्लीबजारबाट मिलन विकको गाडी चढेका उनीहरु कहाँ गए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

काठमाडौँ, बुटवल, नेपालगञ्जलगायत नेपालका सबै प्रहरी चौकीमा तीनै बालिकाको फोटोसहितको हुलिया दिएर खोजतलास भइरहेको डिएसपी खड्काले बताए।

पुस १० गते विद्यालयबाट हाफटाइममा घर आएर म्याडमले गाली गर्नुहुन्छ भन्दै हतारमा स्कूल गएकी छोरी अहिलेसम्म नफर्केका निशाकी आमा भगवती सिंहले बताइन्।

प्रहरीले मिलन विकलाई सोधपुछ गर्दा उनीहरुलाई सल्लीबजारबाट निःशुल्क आफ्नो गाडीमा छिन्चु ल्याएको र बुटवल फुपूकोमा जान्छौँ भनेपछि छिन्चुबाट १९०४ नम्बरको बसमा नेपालगञ्ज जान चढाइदिएको बताएका छन्।

नेपालगञ्ज लैजाने १९०४ नम्बरको बसमा प्रहरीले बुझ्दा बालिकाले बुटवल जाने भनेकाले कोहलपुर चौराहमा बुटवल लागि छुट्न लागेको गाडीमा छोडिएको थाहा भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री