समाचार

आफन्त भन्छन्- ‘लिटिल बुद्ध’ भनिने बम्जनको आश्रमबाट हराएका मान्छेको खोजी होस्

काठमाडाैँ । आफूलँई ‘लिटिल बुद्ध’का रूपमा चिनाएका रामबहादुर बम्जनको आश्रमबाट हराएकाका आफन्तले आफ्ना मान्छे खोजी गरिदिन सरकारसमक्ष माग गरेका छन् ।उनीहरूले राजधानीमा पत्रकार सम्मेलन गरेर बम्जनको आश्रममा वर्षौं बसेकाहरू कहिल्यै घर नफर्केको र खोज्दा पनि नभेटिएकाले कि सास, नभए लास खोजिदिन माग गरेका हुन् । मकवानपुरकी एक आनी र एक पुरुष, सर्लाही र नुवाकोटका एक–एक आनी हराएको भन्दै बम्जनविरुद्ध प्रहरीमा उजुरीसमेत दर्ता भइसकेको छ। नुवाकोट म्यागङ गाउँपालिका–३, देउरालीकी गंगामाया तामाङ …

पुरा पढ्नुहॊस »

मस्याङ्दीमा विद्युत् उत्पादन घट्यो

काठमाडाैँ । उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ। सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको उक्त आयोजनाको विद्युत् उत्पादन घटेको हो। आयोजनाका प्रमुख बद्रीप्रसाद फुँयालका अनुसार आयोजनाबाट हाल ४० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ। “सुख्खायाम लागेसँगै नदीमा पानीको बहाव कम भएकाले विद्युत् उत्पादन घटेको हो,” फुँयालले भने। कात्तिक महीनाको दोस्रो साताबाट विद्युत् उत्पादन कम हुनथालेको हो । आयोजनामा २३/२३ मेगावाट क्षमताको तीन टर्वाइन रहे पनि …

पुरा पढ्नुहॊस »

हेटौँडामा थप साझा बस सञ्चालन

हेटौँडा । हेटौँडाको पदमपोखरीमा साझा बस सञ्चालनमा आएको छ। पदमपोखरीमा तीन साझा बस सञ्चालनमा ल्याइएको हो। हेटौँडा उपमहानगरपालिकाको समन्वयमा पदमपोखरीका बासिन्दाको लागि यात्रा गर्न सजिलो होस् भन्ने उद्देश्यले साझा बस सञ्चालनमा ल्याइएको हो। हेटौँडा १२, १३ र १४ का बासिन्दाका लागि सहज होस् भन्ने उद्देश्यले आफ्नो पहलमा बस सञ्चालनमा ल्याइएको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले बताए। सो सेवाको महतले उद्घाटन गरेका छन्। हेटौँडामा १७ साझा बस सञ्चालनमा आएको छ। …

पुरा पढ्नुहॊस »

भेरी बबई आयोजना: १० किलोमिटर सुरुङ खन्ने काम सम्पन्न

काठमाडौँ । भेरी बबई डाइभर्सनको बहुउद्देश्यीय आयोजनाको १० किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । आयोजनाको भौगोलिक अध्ययनमा निकै जोखिम र चुनौतीपूर्ण देखाएको यो भाग अनुमान गरेभन्दा कम र समयभन्दा अगावै सम्पन्न हुन लागेको दाबी गरिएको छ । भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर दुई सय मिटर सुरुङ खन्नुपर्ने हुन्छ । अहिलेका गतिमा काम भएमा आगामी चैत, वैशाखभित्र सुरुङको पूरा हुने दावी आयोजनाले गरेको छ । आयोजना प्रमुख …

पुरा पढ्नुहॊस »

जापानी विदेशमन्त्री कोनो पुसको अन्तिम साता नेपाल आउँदै

काठमाडाैँ । जापानका विदेशमन्त्री तारो कोनो पुसको अन्तिम साता दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयले नेपाली समकक्षी प्रदीप ज्ञवालीका निमन्त्रणमा जापानी विदेशमन्त्री कोनो पुस २५ गते काठमाडौंमा आउन लागेको जनाएको छ। विदेशमन्त्री कानोले सोही दिन नेपाली समकक्षी ज्ञवालीसँग वार्ता गर्ने कार्यक्रम रहेको छ। नेपालमा रहँदा कानोले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टचार भेटवार्ता गर्ने छन्। मंसिरमा पहिलो साता जापान भ्रमणको क्रममा परराष्ट्र …

पुरा पढ्नुहॊस »

नेकपा स्थायी समिति बैठक सकियो, अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बिहान सकिएको छ।परिमार्जित प्रतिवेदनलाई अन्तिम रुप दिन अब सचिवालयमा पेस हुनेछ। मंसिर २९ देखि जारी बैठकमा बैठकमा विशेषगरी सरकारको काम प्रभावकारी नभएको, एसिया प्यासिफिक समिटमा पार्टी नेताहरूको संलग्नता तथा विधानका विषयमा तीव्र आलोचना भएको थियो। यस्तै बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा रामबहादुर थापा, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुन, शंकर पोख्रेल, वेदुराम भुसाल र …

पुरा पढ्नुहॊस »

मनाङमा १८ घन्टासम्म हिमपात, तापक्रम माइनस २०

मनाङ । चिसो बढेसँगै मनाङमा हिमपात सुरु भएको छ । बिहीबार दिउँसोदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, “बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखियो । हिमालको वरिपरि कालो बादल लागेको र …

पुरा पढ्नुहॊस »

साढे २ लाख घुससहित वडासदस्य पक्राउ

गुलरिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाँकेको टोलीले २ लाख ५० हजार रुपैयाँ घुससहित वडासदस्यलाई पक्राउ गरेको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्वर १० का वडासदस्य उत्तम चौधरीलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । क्रसर उद्योग सिफारिश गर्न सहयोग दिलाइदिने भन्दै चौधरीले घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका कार्यालय प्रमुख गणेश गैरेले जानकारी दिए। कोठियाघाट नजिकै रहेको इच्छा होटलमा रकम लेनदेन भइरहेको अवस्थामा हामीले पक्राउ …

पुरा पढ्नुहॊस »

नेपाल विद्युत प्राधिकरणको नतिजा सार्वजनिक, यी हुन् उत्तीर्ण उम्मेदवार (नामावलीसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि गरेको विज्ञापनअनुसार लोकसेवा आयोगले लिएको लिखित् परीक्षाको नतिजा सार्वजनिक भएको छ । लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको नामावली तल दिइएको छः

पुरा पढ्नुहॊस »

बैंकदेखि आईएनजीओसम्ममा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । के तपाई जागिरको खोजीमा हुनुनुन्छ ? हुनुहुन्छ भने सिद्धार्थ बैंकसहित विभिन्न संस्थाहरुले रोजगारीको सूचना निकालेका छन् । रोजगारसम्बन्धी सूचनाहरु हेर्नुहोस्  ।

पुरा पढ्नुहॊस »