काठमाडौँको तापक्रम शून्य नजिक, माइनसमा झर्ने सम्भावना

काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार बिहानको तापक्रम यो वर्षकै सबैभन्दा कम १ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद राजु प्रधानाङ्गले बिहान ५ः ४५ बजे न्यूनतम तापक्रम १ डिग्री मापन भएको र यो यस वर्षकै सबैभन्दा कम रहेको जानकारी दिए । यसअघि शनिबारको न्यूनतम तापक्रम १.५ र शुक्रबार १.४ डिग्री सेल्सियस मापन भएको थियो ।

मौसमविद प्रधानाङ्गले काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम अझै घट्ने र माइनसमा झर्न सक्ने सम्भावना पनि रहेको बताए । आइतबार काठमाडौँ उपत्यकामा १६ देखि १८ डिग्री सेल्सियसको बीचमा अधिकतम तापक्रम रहने अनुमान गरिएको छ ।

आइतबार दिउँसो भने देशभरको मौसम सामान्यतया सफा रहने मौसमविद प्रधानाङ्गले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस