लोकसेवाले माग्यो १९३ सुब्बा, कुन समूहमा कति ?

काठमाडौं । लोकसेवा आयोगले देशभरबाट राजपत्रअनंकित प्रथम श्रेणीका लागि दरखास्त आह्वान गरेको छ।  लोकसेवाले विज्ञापन निकाल्दै लोकसेवा आयोगको कार्यालय धनकुटाबाट खुला महिला आदिवासी, मधेसी दलित र अपांग गरी २३ जना सुब्बा माग गरेको छ। त्यस्तै आयोगको कार्यालय जलेश्वरबाट ३० पदका लागि दरखास्त आह्वान गरेको हो।

लोकसेवा आयोगको कार्यालय काठमाडौंबाट भने ९९ जनाका लागि दरखास्त आव्हान गरेको छ। काठमाडौंबाट न्यायसेवा, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदका लागि सुब्बाको दरखास्त आह्वान गरेको हो।  त्यस्तै आयोगको कार्यालय पोखराबाट आठ जना माग गरिएको  भने बुटवलबाट १६ जना माग गरिएको छ। आयोगको कार्यालय सुर्खेतले सात जना माग गर्दा  दिपायलबाट १० जना माग गरिएको छ।  विज्ञापन दस्तुर ४०० तोकिएको छ भने समावेशी पदका लागि थप २०० दस्तुर कायम गरिएको छ। दरखास्तको अन्तिम म्याद माघ १५ सम्म कायम गरिएको छ भने दोब्बर दस्तुर बुझाएर माघ २२ सम्म फाराम भर्न सकिने आयोगले जनाएको छ।

हेर्नुहाेस् विज्ञापन,

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री