cGt/f{li6«o ;DaGw ;ldlt a}7s k|ltlglw;ef cGtu{t ;f]daf/ l;+xb/af/ a;]sf] cGt/f{li6«o ;DaGw ;ldltsf] a}7s . t:jL/ M /f]zg ;fksf]6f, /f;;

संविधानसम्मत् ढंगले कर्मचारी समायोजन गर्न सरकारलाई निर्देशन

काठमाडौं । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले संविधानसम्मत् ढंगले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रदेश र स्थानीय तहमा संविधानसम्मत् ढंगले कर्मचारी समायोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो।

कर्मचारीहरुको सेवा र सुविधा तथा वृत्ति विकासमा असर नपर्ने गरी संविधानसम्मत् ढंगले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति दिलकुमारी रावलले जानकारी दिइन्।

बैठकले संसद सेवा कर्मचारी ऐन अनुसार संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीहरुको सेवा र सुविधासम्बन्धी माग सम्बोधन गर्न पनि सरकारलाई सचेत गराएको छ। त्यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिले संविधान र कानुनको पालना गर्न अझै बढी जवाफदेही बन्न पनि कर्मचारीलाई निर्देशन दिएको छ। संविधान कार्यान्वयन गराउने दायित्वलाई अझ बढी गम्भीर भएर पालना गर्न कर्मचारीहरुलाई पनि निर्देशन दिइएको समितिकी सभापति रावलले जानकारी दिइन्।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधान, कानुन र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर सरकारले कर्मचारी समायोजनको कामलाई अघि बढाएको स्पष्ट पारे। उनले प्रदेश र स्थानीय तहमा विकास, निर्माणको काममा तीव्रता दिन सरकारले अस्थायी कर्मचारीको समेत व्यवस्था गर्नु परेको पनि बताए।

कर्मचारी समायोजन अध्यादेशमा कर्मचारीहरुले असन्तुष्टि जनाइरहेका बेला समितिले सो सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी समस्या समाधानका लागि गम्भीर हुन सरकारलाई सचेत गराएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ३२ पुग्यो

काठमाडौं । बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३२ जना पुगेको छ। भीषण …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds