लगानीको वातावरण बिथोलियो : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रतिशोध साँधेको बताएका छन् । बाँसबारी जग्गा प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई समातेपछि सांसद चौधरीले यस्तो बताएका हुन् ।

कांग्रेस संसदीय दलको बैठकमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सरकारले उद्योगी व्यवसायीलाई तर्साएर लगानीको वातावरण बिथोलेसमेत आरोप लगाए । ‘धेरै अघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको छ,’ उनले भने, ‘लगानी सम्मलेन गर्न लागिरहेको समयमा यस्ता कार्यले उद्योगी व्यवसायीको मनोबल खस्किन्छ ।’

उनले बाँसबारी जुत्ता छाला कारखानाको जग्गा प्रक्रिया संगत रुपमै किनेको दाबी गरे । प्रहरीले बाँसबारी जग्गा प्रकरणमा अनियमितता भएको गरेको आरोपमा बिहीबार अरुण चौधरीलाई पक्राउ गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ चुनाव : प्रकाशित सदस्यता नामावलीप्रति ५२ शाखा अध्यक्षको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाउका हुन् ।

प्रतिकृया दिनुहॊस