समाचार

वीरेन्द्र केसी ‘सृजनशिल पत्रकारिता पुरस्कार’बाट सम्मानित

काठमाडौं । सिर्जनशिल पत्रकारिता पुरस्कारबाट अर्घाखाँची बाँगीका पत्रकार वीरेन्द्र केसी पुरस्कृत भएका छन् । कान्तिपुर दैनिकका उपसम्पादक तथा अर्घाखाँची वरिष्ठ पत्रकार वीरेन्द्र केसी लुम्बिनी प्रदेश सरकारले यस वर्ष प्रदान गरेको ५० हजार राशीको ‘सृजनशिल पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका हुन् । लुम्बिनी प्रदेशका सातौं स्थापना दिविसको अवसरमा आइतबार आयोजित राजधानी राप्ती उपत्यका देउखुरीमा भएको कार्यक्रममा लुम्बिनी का प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट सम्मानित तथा पुरस्कुत भएका हुन् । …

पुरा पढ्नुहॊस »

उपनिर्वाचनमा रक्षामन्त्री खड्काको चासो

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आज उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले आज सिंहदरबारस्थित रक्षामन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने उपनिर्वाचनका विषयमा छलफल गरेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र रक्त स्थानिय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्ने संवैधानिक व्यवस्था छ । आयोगले यसअघि आगामी वैशाखभित्र उपनिर्वाचन …

पुरा पढ्नुहॊस »

प्रेस चौतारीले ६ पत्रकारलाई पुरस्कृत गर्दै

काठमाडौं । प्रेस चौतारी नेपालले विभिन्न विधामा दिइने पुरस्कार पाउने यसका वर्षका पत्रकारको नाम सार्वजनिक गरेको छ । चौतारीले हृदयचन्द्रसिंह प्रधान, अग्निशिखा स्मृतिसहित ६ वटा पुरस्कार प्रदान गर्ने गरेको छ । सार्वजनिक नामावलीअनुसार यसवर्ष हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीलाई प्रदान गरिने भएको छ । अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार प्रेस चौतारीका पूर्ववरिष्ठ उपाध्यक्ष माधव नेपाललाई, चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट जनताटाइम्सका सम्पादक …

पुरा पढ्नुहॊस »

कांग्रेसको महासमिति बैठक व्यवस्थित बनाउन उपसमिति गठन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गतेदेखि प्रारम्भ हुने पार्टीको महासमिति बैठकको तयारीका लागि आज विभिन्न उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पिनु भएको छ । महासमितिको बैठक तयारी मूल समितिका संयोजक समेत रहेका उनले प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदयशम्शेर राणा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरेका छन् । यसैगरी स्वयंसेवक परिचालन उपसमितिको …

पुरा पढ्नुहॊस »

ठमेलमा चिनियाँ नागरिक मृत फेला

काठमाडौं । काठमाडौंको ठमेलमा एक चिनियाँ नागरिक मृत भेटिएका छन् । काठमाडौं–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङलाई मृत फेला परेको प्रहरी वृत्त, सोह्रखुट्टेले जानकारी दिएको छ । प्रहरीका अनुसार, १० माघदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका थिए । शनिबार मृत अवस्थामा फेला परेपछि होस्टलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । सोह्रखुट्टे प्रहरीका एक अधिकृतका अनुसार, हालसम्मको अनुसन्धानमा कुनै शंकास्पद कारण देखिएको छैन । …

पुरा पढ्नुहॊस »

पशुपति क्षेत्रका अवैध संरचनामा डोजर लगाउँदै महानगर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ । कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौं महानगरको प्राविधिक टोली जग्गाको सीमांकनसहित खोजी कार्यमा जुटेको हो । कोषका प्रवक्ता रेवतीरवण अधिकारीले भने, ‘शुक्रबारदेखि महानगरको प्राविधिक टोलीको सहयोगमा हामीले जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा …

पुरा पढ्नुहॊस »

राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते गर्ने तयारी गरिएको छ । राष्ट्रिय सभाले तयार पारेको सम्भावित कार्यसूचीअनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको चुनाव हुनेछ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श शाखाले तयार पारेको सम्भावित कार्यतालिका अनुसार माघ महिनामा २२ गते, २४ गते, २८ गते र २९ गते बैठक बस्नेछ । साथै फागुनमा ५ गते, ११ गते, १४ गते, १७ गते, १८ गते, २१ गते, २७ गते, …

पुरा पढ्नुहॊस »

नकुहिने फोहर वर्गीकरण गरेर बिक्री गर्दै धनगढी

काठमाडाैं । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका वडाबाट दैनिक २० देखि २५ टनसम्म फोहर सङ्कलन हुँदै आएको छ । सङ्कलित कुहिने फोहरबाट मल तथा बायो ग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिने भएको हो । झुरा कागज, कपी, कार्टुन, गत्ता, प्लास्टिक, बोतल, प्लास्टिकका गुडिया, सिसा, आल्मुनियम, टायर र ट्युबलगायत नकुहिने फोहर सङ्कलन गरी बिक्री गरिने उपमहानगरपालिकाले जनाएको छ । नगरले बजार क्षेत्रका नौवटा वडाबाट सङ्कलन गरिएको फोहर सुक्ष्म …

पुरा पढ्नुहॊस »

सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउन थाल्यो: नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीतिअनुसारको व्यवहार गर्न थालेको बताएका छन् । नेपाली कांग्रेस चाँगुनारायण नगर प्रथम सम्मेलनको शनिबार भक्तपुर दुवाकोटमा उद्घाटन गर्दै नेता महरले गठबन्धनको ठूलो दल नेपाली कांग्रेस भए पनि सरकारले जनपक्षीय काम गर्न नसक्दा आफ्नो असफलताको भारी कांग्रेसलाई बोक्न बाध्य पारेको बताएका हुन् । जनताका जनजीविकाका सवालहरू बिर्सिएको सरकार भ्रष्टीकरणतर्फ …

पुरा पढ्नुहॊस »

श्रीमती र साढे २ वर्षीय छोराको हत्या, आफैं प्रहरी कार्यालय पुगे जवान

काठमाडौं । दाङको घोराहीमा प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आइतबार बिहान २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् । प्रहरी जवान नेपाली नेपालगञ्जबाट श्रीमान आएकी छन् भनेर शनिबार राति कार्यालयबाट बिदा मागेर गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए । प्रहरीकाअनुसार उनी घोराहीको सहिद गेटस्थित सुपरलज …

पुरा पढ्नुहॊस »