धनगढीस्थित जुत्ता पसलको गोदाममा आगलागी

काठमाडौं । कैलालीको धनगढीस्थित एक जुत्ता पसलको गोदाममा शुक्रबार आगलागी भएको छ । धनगढी उपमहानगरपालिका २ स्थित साल्टट्रेडिङ भवनमा रहेको निरा प्रसाईको पाथिभरा इन्पोरियममा लागलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

जुत्ता तथा चप्पल गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट जुत्ता चप्पलका सामानहरु जलेर १ करोड ५० लाख बढीको क्षति भएको पसल सञ्चालकले बताएका छन् । दुईवटा दमकलको सहायताबाट आगो नियन्त्रणमा लिने काम भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

थप दुई सचिवको सरुवा

काठमाडौँ । सरकारले थप दुई सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयका …

प्रतिकृया दिनुहॊस