काठमाडौं । सरकारी जग्गा व्यक्तीको नाममा ल्याइएको प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र बाँसबारी जुत्ता कारखानाका तत्कालिन प्रमुख अजित नारायणसिंह थापालाई ग्रान्डी अस्पताल सारिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) स्रोतका अनुसार शुक्रबार उनीहरुलाई चिरायुबाट ग्रान्डी अस्पताल लगिएको हो ।
चिरायुले रिफर गरेपछि ग्रान्डी लगिएको सीआईबीले बताएको छ । त्यसअघि बिहीबार उनिहरुलाई चिरायु भर्ना गरिएको थियो ।
काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ४ दिनको म्याद दिएपछि थापा र चौधरीलाई अस्पताल लगिएको थियो ।
प्रतिकृया दिनुहॊस