वीरेन्द्र केसी ‘सृजनशिल पत्रकारिता पुरस्कार’बाट सम्मानित

काठमाडौं । सिर्जनशिल पत्रकारिता पुरस्कारबाट अर्घाखाँची बाँगीका पत्रकार वीरेन्द्र केसी पुरस्कृत भएका छन् । कान्तिपुर दैनिकका उपसम्पादक तथा अर्घाखाँची वरिष्ठ पत्रकार वीरेन्द्र केसी लुम्बिनी प्रदेश सरकारले यस वर्ष प्रदान गरेको ५० हजार राशीको ‘सृजनशिल पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका हुन् ।

लुम्बिनी प्रदेशका सातौं स्थापना दिविसको अवसरमा आइतबार आयोजित राजधानी राप्ती उपत्यका देउखुरीमा भएको कार्यक्रममा लुम्बिनी का प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट सम्मानित तथा पुरस्कुत भएका हुन् । पत्रकारिता मार्फत समाज रुपान्तरणमा खेलेको भुमिकालाई मुख्याङ्कन गर्दै उनलाई पुरस्कृत गरिएको हो ।

पत्रकार केसी यस अघि यसै वर्ष राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सञ्चारमन्त्री तथा सरकार प्रवक्ता रेखा शर्माबाट प्रेस काउन्सिल नेपालबाट युवा पत्रकारिता पुरस्कार बाट समेत सम्मानित भएका थिए ।

यसैबीच अन्य १५ पत्रकार पनि सम्मानित भएका छन् । दशरथ घिमिरेलाई सृजनशिल पत्रकारिता पुरस्कारअन्तर्गत ५० हजार र अग्रज पत्रकारिता पुरस्कारबाट एक लाख रुपैयाँसहित पुरस्कृत गरिएको थियो । रेडियो हाइवेका प्रबन्ध निर्देशक केपी घिमिरेलाई अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

यस्तै, सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकार चुमा आचार्य, रामप्रसाद चौहान, तेजेन्द्र केसी, रवीन्द्र प्रताप गुप्ता, भुपाल थापा, अर्जुनकुमार वली, जयमान बुढामगर, माधवप्रसाद अर्याल, सिराजुद्धीन खान, मधुसुदन भन्डारी पुरस्कृत भएका छन् ।

यस्तै, पत्रकारिता, कला संस्कृतिको संरक्षण, अधिकारको क्षेत्रमा वकालत गर्दै आएका पत्रकार सन्तोष दहित, विमला चौधरी र भगवती पाण्डेलाई पनि पुरस्कृत गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस