सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउन थाल्यो: नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीतिअनुसारको व्यवहार गर्न थालेको बताएका छन् ।

नेपाली कांग्रेस चाँगुनारायण नगर प्रथम सम्मेलनको शनिबार भक्तपुर दुवाकोटमा उद्घाटन गर्दै नेता महरले गठबन्धनको ठूलो दल नेपाली कांग्रेस भए पनि सरकारले जनपक्षीय काम गर्न नसक्दा आफ्नो असफलताको भारी कांग्रेसलाई बोक्न बाध्य पारेको बताएका हुन् ।

जनताका जनजीविकाका सवालहरू बिर्सिएको सरकार भ्रष्टीकरणतर्फ जान थालेको बताउँदै नेता महरले प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरूले स्वयं कार्य सम्पादनमा सफलता प्राप्त गर्न नसकेको स्वीकार्न थालेकाले सरकार अकर्मण्यतार्फ उन्मुख भएको उनको टिप्पणी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस