ठमेलमा चिनियाँ नागरिक मृत फेला

काठमाडौं । काठमाडौंको ठमेलमा एक चिनियाँ नागरिक मृत भेटिएका छन् । काठमाडौं–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङलाई मृत फेला परेको प्रहरी वृत्त, सोह्रखुट्टेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, १० माघदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका थिए । शनिबार मृत अवस्थामा फेला परेपछि होस्टलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । सोह्रखुट्टे प्रहरीका एक अधिकृतका अनुसार, हालसम्मको अनुसन्धानमा कुनै शंकास्पद कारण देखिएको छैन ।

उनले पछिल्लो समय केही औषधि सेवन गरिरहेको भेटिएको छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टमपछि उनको मृत्युको कारण खुल्ने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

सरकारी वकिल कार्यालय काठमाडौंमा रवि लामिछानेको बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान …

प्रतिकृया दिनुहॊस