समाचार

२५.३ प्रतिशतले बढ्यो रेमिट्यान्स : ६ महिनामा ७ खर्ब ३३ अर्ब भित्रियो

काठमाडाैं । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालमा रेमिट्यान्सको आप्रवाह २५.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्ट सार्वजनिक गर्दै चालू आर्थिक वर्षको ६ महिनामा २५.३ प्रतिशतभन्दा धेरैले रेमिट्यान्स बढेको जानकारी दिएको हो। पुस मसान्तसम्म आइपुग्दा रेमिट्यान्स २५.३ प्रतिशतले बढेर ७३३ अर्ब २२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले बढेर …

पुरा पढ्नुहॊस »

गगन थापाको संवाद यात्रा स्थगित (भिडियोसहित)

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘मेची महाकाली संवाद यात्रा’ तत्कालका लागि स्थगित गरेका छन् । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराति निधन भएकाले संवाद यात्रा स्थगित गरिएको हो । झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गरेका छन् । झापाबाट यही माघ १३ गते सुरु भएको संवाद यात्रा हुलाकी मार्ग हुँदै नवलपरासीको गोपीगन्जसम्म पुगेको थियो। उनको यो संवाद यात्रा यही २६ …

पुरा पढ्नुहॊस »

क्यान्सर पीडित कांग्रेस नेता बुढाथोकीको निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । नेता बुढाथोकीको विराटनगरमा उपचारकै क्रममा ८० वर्षको उमेरमा सोमबार राति निधन भएको हो । लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित नेता बुढाथोकीको पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए । ‘सेतो बाघ’ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए । सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक …

पुरा पढ्नुहॊस »

उखु बोकेको ट्याक्टरसँग ठोक्कियो जिप, नापी प्रमुखसहित १० जना घाइते

काठमाडाैं । सर्लाहीमा भारतीय नम्बर प्लेटको जिप दुर्घटना हुँदा नापी कार्यालय सर्लाहीका प्रमुखसहित १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बीआर ०६ पिडी ९६४८ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।

पुरा पढ्नुहॊस »

हिउँ पर्ने, वर्षाको सम्भावना छैन (तीन दिनको पूर्वानुमान)

काठमाडौं । देशका केही भू-भागमा आज हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना रहेको हो । 'आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहे पनि वर्षाको सम्भावना भने छैन,' मौसमविद् गोविन्द झाले भने, 'पश्चिमी वायुको आंशिक प्रभाव मात्रै रहेकाले आज वर्षाको सम्भावना भने छैन ।'

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

जेन कन्फेरेन्स १.० को आयोजना हुने

काठमाडाैं । निमा एकेडेमी, एडचेन्ज नेपाल र जियोजेब्रा नेटवर्क अफ नेपालको संयुक्त आयोजनामा काठमाडौ“को ज्ञानेश्वर स्थित हन्च कम्प्लेक्स(Hunch Complex) प्राङ्गणमा फागुन ३ र ४ गते Conference आयोजना हुँदैछ । यो सम्मेलन, विद्यालयलाई एक्काइसौ“ शताब्दीको प्रगतिशील नमुना विद्यालयको रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने कुरा आयोजकले जानकारी दिएका छन् । यस सम्मेलनमा एक्काइसौं शताब्दीका सिप तथा चुनौतीहरू सम्बन्धी छलफल र वर्कसप हुनुका साथै शिक्षालाई युगसुहाउँदो बनाउन विभिन्न सोच …

पुरा पढ्नुहॊस »

मुगुमा आगलागी : बहिनी झरनालाई बचाउन गएका विशाल आफै पनि बचेनन्

काठमाडौं । मुगुको खत्याड गाउँपालिका–२ गाडेखोलाको एक गोठमा आइतबार राति भएको आगलागीमा एकै घरका दुई बालबालिकाको जलेर मृत्यु भएको छ । दुवै शब आगोले जलेर चिन्न नसकिने अवस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार राति गोठमा आगलागी भएको थियो । आमा सरस्वती सन्ज्यालसहित १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीय छोरी झरना सन्ज्याल घरको गोठमासँगै सुतेका थिए । आगलागीपछि आमा बाहिर …

पुरा पढ्नुहॊस »

विमानस्थलका डीआईजी चन्दको राजीनामा फिर्ता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता भएको छ । राजीनामा रीतपूर्वक नभएको भन्दै फिर्ता गरिएको हो । चन्दले शुक्रबार राजीनामा दिएका थिए । विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेपछि बनाइएको छानबिन समितिले प्रहरीलाई दोषी देखाएपछि असन्तुष्ट बनेका चन्दले राजीनामा दिएका थिए । उनलाई १० दिन बिदा दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहॊस »

आगो ताप्दा सासु-बुहारीको मृत्यु

काठमाडाैं । डडेल्धुराको अमरगढी-१ मा गए राति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने सासु-बुहारी हुन् । एउटै कोठामा सुतेका सासु र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका-१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी …

पुरा पढ्नुहॊस »