काठमाडौं। कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले अधिकृतदेखि असिस्टेन्ट सम्म विभिन्न पदमा एक सय कर्मचारीको माग गरेको छ। विश्वविद्यालय सेवा आयोगको कार्यालयले रिक्त पदहरुको स्थायी पूर्तिका लागि खुला विज्ञापन आह्वान गरेको हो । विश्वविद्यालयले कृषि अधिकृत दुई जनाको माग गरेको छ। त्यस्तै ल्याब असिस्टेन्ट १८ जना असिस्टेन्ट १७ जना, ल्याब टेक्निसियन १६ जना र हेड असिस्टेन्टमा ११ जनाको माग गरेको छ। हेर्नुहाेस् विज्ञापन
पुरा पढ्नुहॊस »मौसम : मंगलबार रातिदेखि बुधबारसम्म देशभर पानी पर्ने
काठमाडौं । बिभिन्न जिल्लामा आजबाट बिहीबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना रहेको मौसमविदको भनाइ छ । पश्चिममा गएरातिदेखि नै बदली सुरु भएको छ । यो क्रमशः पूर्वतिर सर्दै जाने र बुधबार दिनभरी देशभर पानी पर्ने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् । ‘मंगलबार रातिदेखि बुधबार दिनभरी देशभरी नै पानी पर्ने …
पुरा पढ्नुहॊस »ट्याक्टर पल्टिँदा चालकको मृत्यु
काठमाडाैँ । बरहथवामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बहरथवा नगरपालिका–१६ गङ्गापुरमा ट्याक्टर पल्टिएर ब्याट्री सर्ट भई आगो लाग्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा हरिपुर नगरपालिका–१ का २५ वर्षीय राजेश महतो रहेका सर्लाहीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। शुक्रबार महतो आफैँले किनेर ल्याएको अन टेस्ट ट्याक्टर खेत जोत्न जाँदै गर्दा नालामा ट्याक्टर पल्टिएको हो। पल्टिएको ट्याक्टरबाट तेल चुहिन गई ब्याट्रीमा पुगेको र ब्याट्री …
पुरा पढ्नुहॊस »निर्मला पन्तका बुबा-आमाले छाडे धर्ना
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका-२ का १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमाले धर्ना स्थगित गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले धर्ना स्थगित गरेका हुन् । छोरी निर्मलालाई बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै उनीहरु गत २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि धर्ना बसेका थिए । लामो समयसम्म धर्नामा बस्दा स्वास्थ्यमा समस्या देखिएकाले धर्ना स्थगित गरिएको निर्मलाका परिवारले बताएका छन् । …
पुरा पढ्नुहॊस »गृहमन्त्री थापा बम बिस्फोटका घाइतेको अवस्था बुझ्न अस्पतालमा
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादल मेडिसिटी अस्पताल पुगेका छन् । नख्खुमा शुक्रबार बेलुका बम बिस्फोट हुँदा एकजनाको मृत्यु तथा दुईजना घाइते भएपछि अवस्था बुझ्नका लागि गृहमन्त्री बादल अस्पताल पुगेका हुन् । नख्खुको एनसेल कार्यालय अगाडि शुक्रबार बेलुका बम बिस्फोट हुँदा ४९ वर्षका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । यस्तै २६ वर्षकी प्रतीक्षा खड्का र २५ वर्षकी उरुषा मानन्धर घाइते भएका छन् । घाइते दुवैको उपचार मेडिसिटी अस्पतालमा हुँदैछ । …
पुरा पढ्नुहॊस »गमगढी-नाग्मा सडक : हिमपातका कारण एक महिनादेखि अवरुद्ध
जुम्ला । कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडक करीब एक महिनादेखि अवरुद्ध छ । भारी हिमपातका कारण सडक खुलाउने प्रयास गरिए पनि अझै खुलाउन सकिएको छैन । डोजर लगाएर नाग्मा–गमगढी राजमार्गको हिउँ पन्छाई सडक खुलाउने प्रयास भएपनि हिमपात भइरहने र नरोकिएका कारण डोजरले पनि पन्छाउन सजिलो छैन । पन्छाउँदै गर्दा फेरि हिउँ पर्ने भएकाले सडक खुलाउन असजिलो भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । सडक अवरुद्ध हुँदा गमगढी बजारमा उपभोग्य सामग्रीको …
पुरा पढ्नुहॊस »बाजुरामा बलात्कार प्रयास गर्ने एक पक्राउ
बाजुरा । बलात्कारको आरोपमा त्रिवेणी नगरपालिका–८ कालापनीका ५८ वर्षीय राम गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ४५ वर्षीय शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । बिहीबार पीडित महिला जङ्गलमा दाउरा, घाँस गर्न गएको समयमा अभियुक्त गिरीले मदिरा सेवन गरी बलात्कार गर्न खोजेको बताइएको छ । महिलाका आफन्तले दिएको उजुरीको आधारमा गिरीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक …
पुरा पढ्नुहॊस »राँगोले आक्रमण गर्दा चन्द्रागिरिमा एकजनाको मृत्यु
काठमाडौं । राँगोले आक्रमण गर्दा चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा एकजनाको मृत्यु भएको छ। शनिबार बिहान राँगोको आक्रमणबाट स्थानीय ७० वर्षीय मानवीर महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ। ‘मर्निङ वाक’मा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । राँगोको आक्रमणबाट उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि कीर्तिपुर लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । राँगोले मान्छे मारेपछि महानगरीय प्रहरी वृत्त चन्द्रागिरीको टोली र स्थानीयबासीले राँगोलाई समात्ने प्रयास गरेका थिए। खेदेर दहचोक पुर्याएपछि प्रहरीले …
पुरा पढ्नुहॊस »१७ बुँदे घोषणापत्र जारी गर्दै महासंघको केन्द्रीय साधारणसभा सम्पन्न
पोखरा । १७ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा एवं विधान अधिवेशन सम्पन्न भएको छ । पोखरामा दुईदिनसम्म चलेको भेलाले महाधिवेशनमा महासंघका सबै तहको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । जसअनुसार अब महासंघ केन्द्र, प्रदेश, जिल्ला र प्रतिष्ठानको कार्यसमितिको निर्वाचन एकै दिन हुनेछ । देशभरका १ हजार ४ सय पत्रकारको सहभागिता रहेको कार्यक्रममा महासंघको विधानको संशोधन र श्रमजीवी पत्रकारको हक अधिकारको विषयमा …
पुरा पढ्नुहॊस »गोली प्रहार गरी महिलाको हत्या
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलाको हत्या भएको छ । गएराति वाणगंगा नगरपालिका वडा नं ४ कुवेरापुरस्थित घरमै बसिरहेको बेला अज्ञात समूहको गोली प्रहार गर्दा अनिता पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । पोष्टमार्टमको लागि उनको शव तौलिहवा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाको वितृत वितरण भने आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् ।
पुरा पढ्नुहॊस »