काठमाडौं । गएराति दुई छुट्टाछुट्टै स्थानमा रहेका एनसेल टावरमा आगजनी भएको छ । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट भएलगत्तै रुपन्देही र कञ्चनपुर जिल्लामा रहेका एनसेल टावरमा आगजनी भएको हो । रुपन्देहीको गैडहवा नगरपालिका–३ सुर्यपुरामा रहेको एनसेल टावरमा आगजनी भएको हो । राती १०÷११ बजेको समयमा एनसेलको कनेक्सन तोडेर अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट झण्डै ४ लाख बराबरको क्षती भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । …
पुरा पढ्नुहॊस »नक्खु बम विस्फोट : गम्भीर घाइते सिंहप्रसाद गुरुङको मृत्यु
ललितपुर । नक्खुमा भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ। शुक्रबार राति साढे ८ बजे भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए। अन्य दुईजना घाइतेको पनि उक्त अस्पतालमा नै उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको धानुकले बताए। शुक्रबार देशका विभिन्न ठाउँमा टेलिफोन प्रदायक कम्पनी एनसेलका टावरमाथि बम …
पुरा पढ्नुहॊस »शैक्षिक कन्सलटेन्सीले विद्यार्थी ठग्ने क्रम बढ्दो, भर्ना शुल्कका नाममा प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म असुली
काठमाडौं । देशमा शैक्षिक परामर्श सेवा (कन्सलटेनसी)को ठगी धन्दाका कारण अभिभावक र विद्यार्थी ठगिने क्रम दिन प्रतिदिन बढ्दै गएको छ । कन्सलटेनसीमार्फत उच्च शिक्षा अध्ययन गरी सुनौलो भविष्य कोर्न विभिन्न देशमा पुगेका सयौं विद्यार्थी बिचल्लीमा पर्ने क्रम पनि बढ्दो छ । अस्ट्रेलियामा नर्सिङका लागि शैक्षिक कन्सलटेन्सीले विद्यार्थी भर्नादेखि सबै प्रक्रियाका नाममा विद्यार्थीबाट १५ देखि २० लाख रुपैयाँसम्म असुलेको पाइएको छ । सरकारी निकायले प्रभावकारी अनुगमन नगर्दा अधिकांश शैक्षिक कन्सलटेन्सी लगामबिनाका …
पुरा पढ्नुहॊस »निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईको मृत्यु
काठमाडौं । वीर अस्पतालको निर्माणाधीन भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिइएका दुई मजदुरको मृत्यु भएको छ । उक्त भवनको चौथो तलामा निर्माण सामग्री लिएर जाँदै गरेका अर्का एक मजदुर घाइते भएका छन् । निर्माण सामग्री ‘अनलोड’ गर्ने क्रममा लिफ्टको तार चुँडिएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ नगरपालिका–४ का २० वर्षीय भूमिकुमार चौधरी र सप्तरीकै मदनपुरका २५ वर्षीय नवीन चौधरी रहेका छन् । त्यस्तै …
पुरा पढ्नुहॊस »वीर अस्पतालको लिफ्ट चुँडिदा दुईको मृत्यु, एक गम्भीर
१० फागुन, काठमाडौं । वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँएर दुई जनाको मृत्यु भएको छ । एकजना गम्भीर छन् । महागनरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख डीएसपी टेकुनन्द इवा लिम्बु दिएको जानकारी अनुसार मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधी र २० वर्षीय भूमिकुमार चौधरी छन् । सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन् । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चिकित्सकहरुका अनुसार उनको आन्तरिक रक्तश्राव जारी छ …
पुरा पढ्नुहॊस »ब्राइटफ्युचरको प्रथम स्काउट दिक्षान्त समारोह सम्पन्न
काठमाडौँ । चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीकोले आफ्नो नगर भित्र स्काउटिङ्ग शिक्षाको विकासमा जोड् दिने बताएका छन् । नैकाप स्थित ब्राइटफ्युचर स्काउट ट्रुपको प्रथम स्काउट दिक्षान्त समारोहलाई सम्वोधन गर्दै गिरिले स्काउटिङ्गले बालबालिका, किशोरकिशोरी र युवाहरुको शारिरीक, मानसिक, सामाजिक, आध्यात्मिक एवं संवेगात्मक भावनाको विकाशमा योगदान पु¥याउन सहयोग गर्ने भएको हुँदा नगर भित्र यसको आवश्यकता अपरिहार्य रहेको बताए । त्यसैगरी समारोहका विशिष्ठ अतिथी एवं नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रवीन दाहालले संघिय …
पुरा पढ्नुहॊस »फ्रान्समा फ्लुको प्रकोप, २८०० को ज्यान गयो
काठमाडौं । फ्रान्समा चिसोमा संक्रमण हुने फ्लुका कारण यस वर्षको शीतकालीन समयमा कम्तीमा २ हजार ८०० जनाको मृत्यु भएको छ ।फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८ प्रतिशत नागरिक ७५ वर्षमाथिका वृद्धहरू भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । रिपोर्ट अनुसार, फेब्रुअरी ११ देखि १७ सम्मको एक हप्तामा मात्रै करिब ११ हजार फ्रान्सेली नागरिकमा फ्लुको प्रभाव देखिएको छ । उपचारका लागि अस्पताल पुगेकामध्ये दुई हजार १३७ जनाले …
पुरा पढ्नुहॊस »यौन दुर्व्यवहार आरोपमा सहायक डिन पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डिन बौबालाल साहलाई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ । त्रिवि परिसर कीर्तिपुरबाट परीक्षा नियन्त्रण कार्यालय बल्खु जाने बाटोमा बुधबार दिउँसो २० वर्षीया छात्रालाई उनले दुर्व्यवहार गरेको आरोप छ । छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले सहायक डिन साहलाई मोसो दलेका थिए । लगत्तै प्रहरी बृत्त कालिमाटीले उनलाई नियन्त्रणमा लिएको हो । –कान्तिपुर दैनिकबाट
पुरा पढ्नुहॊस »अष्ट्रियाका विदेशमन्त्री बिहीबार काठमाडाैं आउँदै
काठमाडाैं । अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा बिहीबार राजधानी काठमाडौँ आउँदै छिन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ। अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो। भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ। दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका अन्य विषयमा पनि …
पुरा पढ्नुहॊस »जापानबाट अनुमति पाएको ४५ दिनपछि एनएसीले उडान गर्ने, सम्पर्क कार्यालय एक साताभित्रै खुल्ने
काठमाडौं। नेपाल वायुसेवा निगमले जेक्याब ‘जापान सिभिल एभिएसन ब्यूरो’बाट उडान अनुमति पाएको ४५ दिनपछि जापान उडान गर्न पाउने भएको छ। निगमको जापान उडान अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको जनाउँदै उडानका लागि आवश्यक पूर्वाधार भने तयार भइसकेको जनाएको छ।’हाल जापान उडानका लागि निगमबाट परिचालित कन्ट्री म्यानेजरले सबै व्यवस्था मिलाइसकेका छन्। अहिले जेक्याबले पठाइएको डकुमेन्ट अध्ययनको क्रममा छ।’ निगमका एक कर्मचारीले भने। निगमका अनुसार ग्राउण्ड ह्याण्डलिङ, लाइन मेन्टिनेन्स, इन्जिनियरिङ, क्याटरिङ, होटल र …
पुरा पढ्नुहॊस »