ट्याक्टर पल्टिँदा चालकको मृत्यु

काठमाडाैँ । बरहथवामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बहरथवा नगरपालिका–१६ गङ्गापुरमा ट्याक्टर पल्टिएर ब्याट्री सर्ट भई आगो लाग्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा हरिपुर नगरपालिका–१ का २५ वर्षीय राजेश महतो रहेका सर्लाहीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

शुक्रबार महतो आफैँले किनेर ल्याएको अन टेस्ट ट्याक्टर खेत जोत्न जाँदै गर्दा नालामा ट्याक्टर पल्टिएको हो। पल्टिएको ट्याक्टरबाट तेल चुहिन गई ब्याट्रीमा पुगेको र ब्याट्री सर्ट भएर आगो लाग्दा महतो जलेर गम्भीर घाइते भएका थिए।

घाइते महतोलाई उपचारका लागि चितवनको भरतपुर लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

आज पनि तिहारको बिदा

काठमाडौं । भाइटीका लगाई आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि सोमबार सरकारी कार्यालय खुल्ने …

प्रतिकृया दिनुहॊस