बाजुरामा बलात्कार प्रयास गर्ने एक पक्राउ

बाजुरा । बलात्कारको आरोपमा त्रिवेणी नगरपालिका–८ कालापनीका ५८ वर्षीय राम गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ४५ वर्षीय शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

बिहीबार पीडित महिला जङ्गलमा दाउरा, घाँस गर्न गएको समयमा अभियुक्त गिरीले मदिरा सेवन गरी बलात्कार गर्न खोजेको बताइएको छ । महिलाका आफन्तले दिएको उजुरीको आधारमा गिरीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको प्रहरी नायव निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिए । पक्राउ परेका गिरीलाई हिरासतमा राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस