शंकरप्लाजामा आगलागी, एक करोडको क्षति

बुटवल । रुपन्देहीस्थित बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारीक केन्द्र अमरपथस्थित शंकरप्लाजामा लागेको आगोबाट करिब एक करोडको क्षति भएको छ । सो भवनमा सञ्चालित फेन्सी पसलमा आगोले क्षति पुर्‍याएको हो । आगलागीबाट भवनमा सञ्चालित बिन्दवासिनी फेन्सी पूर्णरुपले जलेर नष्ट भएको छ ।

आइतबार राति करिब १० बजे लागेको आगो राति १२ः३० मा नियन्त्रणमा आएको थियो । शंकरप्लाजामा रहेको बिन्दवासिनी फेन्सीबाट एक्कासी लागेको आगो भवनमा रहेका अन्य पसलमा समेत सरेको थियो ।

फेन्सीका सञ्चालकले राति पसल बन्द गरेको केही समयपछि नै आगलागी शुरु भएको प्रहरीकाे अनुमान छ । विद्युत् लाइन सर्ट भएर आगलागी भएको बताइएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री