आमाको कुटपीटबाट चार वर्षीया छोरीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको  मिक्वाखोला गाउँपालिका–४ साँवा घर भई फुङलङ बजारको रिजाललाइनमा बस्दै आएकी ३२ वर्षीया पूजा चेम्जोङ लिम्बुको कुटपीटबाट चार वर्षीया छोरीको मृत्यु भएको छ। चेम्जोङले चार वर्षीया छोरीलाई कुटपिट गरी सख्त घाइते बनाएकी थिइन्।

बालिकालाई जिल्ला अस्पताल ताप्लेजुङले इलाम जिल्ला अस्पताल रेफर गरेकोमा उपचारको क्रममा शुक्रबार राति नै मृत्यु भएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप