काठमाडाै । नागरिकता र शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका मुस्लिम आयोग अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारीलाई संसदीय समितिबाट अनुमोदन गर्ने कि नगर्नेमा सत्तारुढ नेकपाभित्रै विवाद देखिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेता अन्सारीलाई जोगाउने पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेता विवादित अन्सारीलाई समितिबाट अस्वीकृत गर्ने पक्षमा छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
नेकपाभित्रै एकमत नदेखिएपछि सुनुवाई समितिबाट ४५ दिने म्याद कटाउने कसरत सुरु भएको छ। संवैधानिक परिषदले सिफारिस गरेको ४५ दिनभित्र सुनुवाई समितिले निर्णय नगरे नियुक्तिका लागि बाधा नपुग्ने संघीय संसदको संयुक्त कार्य सञ्चालन नियमावलीमा व्यवस्था छ। परिषदले अन्सारीको सिफारिस गरेको फागुन २५ गते ४५ दिन पुग्छ।
तपाईंको प्रतिकृया




