बजेटको अर्धवार्षिक समीक्षा : सरकार भन्छ – ९१ प्रतिशत मात्रै बजेट खर्च हुने भयो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको ९१.२ प्रतिशत खर्च हुने अनुमान गरेको छ । बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्रालयले विनियोजित १३ खर्ब १५ अर्ब  १६ करोड बजेटमध्ये ११ खर्ब ९९ अर्ब १५ करोड मात्रै खर्च हुने प्रारम्भिक अनुमान गरेको हो ।

पहिलो ६ महिनामा भएको खर्चको अवस्था मूल्यांकन गर्दा ९४ प्रतिशत चालु खर्च, ८४ प्रतिशत पुँजीगत खर्च तथा ८७ प्रतिशत वित्तीय व्यावस्थापनमा खर्च हुने अर्थको अनुमान छ । मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २८.६ प्रतिशत बजेट अर्थात् ३ अर्ब ७५ अर्ब ८२ करोड खर्च भएको बताएको छ । मन्त्रालयका अनुसार, चालु खर्चतर्फ २ खर्ब ९६ अर्ब ५७ करोड ५९ लाख अर्थात् ३५.१ प्रतिशत तथा पुँजीगततर्फ ५५ अर्ब ५२ करोड ३३ लाख खर्च भएको छ, यो विनियोजित बजेटको ३५.१ प्रतिशत हो ।

यस्तै, वित्तीय व्यवस्थार्फ १५.२ प्रतिशत अर्थात् २३ अर्ब ७२ करोड ४७ लाख खर्च भएको छ ।  वित्तीय हस्तान्तरणअन्तर्गत ३० प्रतिशत अर्थात् ११ अर्ब ४६ करोड खर्च भएको अर्थले जनाएको छ । चालु आर्थिक वर्षको लागि सरकारले ३७ अर्ब २९ करोड प्रदेशहरुलाई ‘वित्तीय हस्तान्तरण’ गरेको थियो । यस्तै, स्थानीय तहलाई गरेको वित्तीय हस्तान्तरणबाट ८१ अर्ब ६७ करोड खर्च भएको छ ।

समीक्षामा राजस्व संकलन ४ खर्ब २ अर्ब ४५ करोड भएको उल्लेख छ, जुन गत आर्थिक वर्षको तुलनामा २६.१ प्रतिशतले बढी हो । यसमा कर राजस्व मात्रै २८ प्रतिशतले बढेको छ भने गैरकर राजस्व १२.३ प्रतिशतले वृद्धि भएको छ ।  सरकारलाई पहिलो ६ महिनामा १ खर्ब ११ अर्ब ६३ करोड वैदेशिक सहायताको प्रतिबद्धता आएको छ । यस्तै, राष्ट्रिय गौरवका आयोजनाहरुमा भएको खर्च २२ अर्ब ८ करोड छ । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा उत्तर–दक्षिण लोकमार्ग र कालीगण्डकी कोरिडोरको प्रगति उत्साहजनक रहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस