आँधीबेहरीको अध्ययन गर्न मौसमविदको टोली बारा र पर्सा जाँदै

काठमाडौं । आईतबार अकस्मात आएको हावाहुरीबारे अध्यायन गर्न मौसमविद्हरुको टोली बुधबार पर्सा र बारा जाँदै छन् ।

सो को अध्यायन गर्न  वरिष्ठ मौसमविदहरु सुजन सुवेदी र अर्चना श्रेष्ठसहित अन्य मौसमविद्हरुको टोलिले हावाहुरी प्रभावित क्षेत्रको स्थलगत अध्यायन तथा अवलोकन भएका हुन् ।

मौसमविदले सानो क्षेत्रमा मात्रै क्षति पुर्‍याउने गरी बारा र पर्सामा आएको हावाहुरी असामान्य रहेको र यो अध्ययनको विषय भएको बताउँदै आएका छन् ।

आइतबार राति  हावाहुरीका कारण बारा र पर्सा जिल्लामा २७ जनाको मृत्यु भएको थियो। तीब्र हावाहुरीले बारा र पर्सा जिल्लामा ठूलो क्षति गरेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री