काठमाण्डौ । मौसमविद्को टोलीले १० दिनअघि बारा र पर्सामा आएको भीषण हावाहुरीको स्थलगत अध्ययनको विस्तृत विवरण सार्वजनिक गर्दै मौसम प्रणाली ‘टोर्नाडो’ भएको तथ्यहरू सार्वजनिक गरेको छ । प्रारम्भिक अध्ययनबाट नै ‘टोर्नाडो’को अनुमान गरेको मौसमविद् टोलीले बुधबार पत्रकार सम्मेलन गरी स्थलगत अध्ययनको विवरण सार्वजनिक गरेको हो । जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र द स्मल अर्थ नेपालको छ सदस्यीय मौसमविद्को टोलीले चैत २० …
पुरा पढ्नुहॊस »होटल म्यानेजमेन्टमा छात्रा सहभागिता बढाउने गेट कलेजको प्रयास
काठमाडौं । विगत एक दशकदेखि होटल व्यवस्थापन शिक्षा अध्यापन गराउँदै आइरहेको राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले नेपालको पर्यटन उद्योगमा देखिएको महिलाहरूको कमजोर सहभागितालाई सम्बोधन गर्ने प्रयास आरम्भ गरेको छ । कलेजले महिलाहरूको यस्तो कमजोर सहभागितालाई लक्षित गरेर छात्राहरूका लागि सत प्रतिशतसम्म छात्रवृत्तिको घोषणा गरेको छ । गेट कलेज नेपालमै स्वीस डिग्री अध्ययन गराउने नेपालको मात्र नभएर एसिया–प्रशान्त क्षेत्रकै पहिलो शैक्षिक प्रतिष्ठान हो । यस कलेजमा …
पुरा पढ्नुहॊस »कांग्रेस कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलनको तयारी पूरा
पोखरा – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । पोखरा सभागृहमा चैत २८ बाट सुरु हुने कोषाध्यक्षहरूको दुईदिने राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । उद्घाटन सत्रलाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनले पार्टीलाई सुदृढीकरण गरेर चलायमान बनाउने कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए …
पुरा पढ्नुहॊस »राज्यकै अनुमतिमा क्रिस्चियन धर्म प्रचार !
काठमाडाैं – सरकारको अनुमतिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन्। राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा गोविन्द लुइँटेलले लेखेका छन्। समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायतलगायत आईएनजीओले समाजकल्याण परिषद्बाट स्वीकृति लिई क्रिस्चियन धर्म प्रचार गरिरहेका छन्। यसबारे लेखा समितिअन्तर्गतको उपसमितिले समाजकल्याण परिषद्, प्रमुख …
पुरा पढ्नुहॊस »२५ हजारसहित पक्राउ परेका घुस्याहा अधिकृतलाई विभूषण दिने तयारी!
काठमाडाैं – ३ असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ। तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए। उनी गृहमन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने सूचीमा छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मुद्दा समेत दायर …
पुरा पढ्नुहॊस »रोकिएको मलेसियाको रोजागारी बल्ल खुल्यो
काठमाडाैं – १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी औपचारिक रुपमा खुला गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ पक्रियाका लागि स्वास्थ्य परीक्षण मापदण्ड निर्धारण गरेर स्वास्थ्य संस्था छनोट गरिरहेका बेला पहिलो चरणमा कलिङ भिसामा आइसकेका युवाको लागि मलेसिया खुला गरिएको हो। मलेसियाको रोजगारी रोकिनुअघि कलिङ भिसामा आएका १९ युवालाई पहिलो चरणमा मलेसिया प्रवेशका लागि अन्तिम श्रम स्वीकृति दिइएको छ। यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्। वैदेशिक …
पुरा पढ्नुहॊस »देशका विभिन्न स्थानमा बन्ने भयो २७ नयाँ सहर र १३ स्मार्ट सिटी
काठमाडौं – सहरी विकास मन्त्रालयले देशका विभिन्न स्थानमा ४५ वटा नयाँ सहर निर्माण गर्ने भएको छ । २७ वटा नयाँ सहर, १३ वटा स्मार्ट सिटी र ५ वटा हिमाली सहरका रूपमा विकास गरिने भएको हो । सहरी विकास तथा भवन निर्माणअन्तर्गत सहरी विकास आयोजनाले सहरहरू निर्माण गर्न अध्यनय कार्य अगाडि बढाएको छ । २७ वटा नयाँ सहरमध्ये मध्य पहाडी लोकमार्गमा अवस्थित १२ वटा सहरको अध्ययन सकिएको आयोजना प्रमुख किशोर लाल …
पुरा पढ्नुहॊस »भाजपाको र्यालीमा माओवादी आक्रमण : विधायकसहित पाँचको मृत्यु
काठमाडाैं – भारतको छत्तीसगढ राज्यको एउटा चुनावी र्यालीमा भएको हमलामा कम्तिमा पाँचजना मारिएका छन् । छत्तीसगढका डीआईजी पी सुंदरराजले बताएअनुसार आक्रमणमा सत्तारूढ भारतीय जनता पार्टीका दन्तेवाडाका विधायक भीमा मंडावी, उनका चालक र तीनजना सुरक्षाकर्मी मारिएका छन् । एक स्थानीय अधिकारीका अनुसार त्यहाँको साप्ताहिक बजारमा विधायक मंडावी चुनाव प्रचारका लागि पुगेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै घटनाको भर्सना गरेका छन् । Strongly condemn the Maoist attack in Chhattisgarh. …
पुरा पढ्नुहॊस »बारामा फेरि हावाहुरी
बारा–पर्सा क्षेत्रमा आज फेरि हावाहुरी आएको छ । बिहान आएको हावाहुरीले केही घरका छाना उडाएको छ। मंगलबार बिहान आएको हावाहुरीले फेटा गाउँपालिकालगायत आसपासका गाउँमा केही घरका छाना उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ भने केही स्थानमा बिजुलीका पोल पनि ढलेका छन्। बारा र पर्सामा आएको हावाहुरीले २८ जनाको मृत्यु भएको थियो । ६ सयभन्दा बढी घाइते भएका थिए । फेटा गाउँपालिकालगायतका क्षेत्रमा दुई हजारभन्दा बढी घरमा क्षति पुगको थियो । घरमा …
पुरा पढ्नुहॊस »मौसम बिग्रिएका बेलामा भूकम्प
बैतडी । सुदूरपश्चिममा मंगलबार बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो । गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि भूकम्पको परकम्प जाने गरेको छ ।
पुरा पढ्नुहॊस »