बारामा फेरि हावाहुरी

बारा–पर्सा क्षेत्रमा आज फेरि हावाहुरी आएको छ । बिहान आएको हावाहुरीले केही घरका छाना उडाएको छ।

मंगलबार बिहान आएको हावाहुरीले फेटा गाउँपालिकालगायत आसपासका गाउँमा केही घरका छाना उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ भने केही स्थानमा बिजुलीका पोल पनि ढलेका छन्।

बारा र पर्सामा आएको हावाहुरीले २८ जनाको मृत्यु भएको थियो । ६ सयभन्दा बढी घाइते भएका थिए । फेटा गाउँपालिकालगायतका क्षेत्रमा दुई हजारभन्दा बढी घरमा क्षति पुगको थियो । घरमा भत्किएर पालमा बस्दै आएका परिवारलाई मंगलबार बिहान आएको हावाहुरीले थप सकस भएको हो।आधा घण्टासम्म हावाहुरी चलेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप