कांग्रेस कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलनको तयारी पूरा

पोखरा – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । पोखरा सभागृहमा चैत २८ बाट सुरु हुने कोषाध्यक्षहरूको दुईदिने राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

उद्घाटन सत्रलाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनले पार्टीलाई सुदृढीकरण गरेर चलायमान बनाउने कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए । उनले सम्मेलन पार्टीभित्र देखापरेको गुटउपगुट अन्त्य गरी एक ढिक्का बनाएर अघि बढ्न दबाब दिन सफल हुनेमा विश्वस्त रहेको बताए ।

सम्मेलनले विदेश पलायन भएका युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भ्रातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने अध्यक्ष पुडासैनीको भनाइ छ ।

उनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले पार्टी नेतृत्वलाई देशव्यापी विरोधका कार्यक्रम सञ्चालन गर्न आग्रह गरिने जानकारी दिए । कांग्रेस कोषाध्यक्षहरूले सम्मेलनमार्फत कास्की निर्वाचन क्षेत्र नं. २ सहित रिक्त रहेका क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारलाई दबाब दिने योजना बनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds