सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ३१ जना घाइते भएका छन्। काठमाडाैंबाट पूर्वतर्फ जाँदै गरेको बा३ख १३१८ नम्बरको बस पल्टिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिएको हो। दुर्घटनामा ज्यान गुमाएका व्यक्ति सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा अनिल उराउ, बबी उराउ र …
पुरा पढ्नुहॊस »नयाँ बर्षका लागि बनाइएको लिङ्गो भाँचिदा एक जनाको मृत्यु
बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा २०७६ सालको स्वागतका लागि बनाइएको लिंगो भाँचिँएर लाग्दा एक जनाको मृत्यु भएको छ । सुर्मा गाँउपालिका वडा नम्बर ४ का २७ वर्षिय दिनेश पुजाराको हिजो साँझ मृत्यु भएको हो । पुजा गर्न गाँउलेहरु जम्मा भएर गाउँनजिकै पिपलडाँडामा लिङ्गो ठड्याउने क्रममा भाँचिएर टाउकोमा लाग्दा पुजाराको मृत्यु भएको हो ।
पुरा पढ्नुहॊस »प्रधानमन्त्री ओलीद्धारा देशवासीका नाममा सम्बोधन (सम्बोधनको पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीका नाममा सम्बोधन गरेका छन। देशवासीका नाममा आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट गरेको सम्बोधनमा प्रधानमन्त्री ओलीले समयको गतिसँगै मुलुकलाई विकासमा अगाडि बढाउन आफू क्रियाशील रहेको बताएका छन। उनले भनेका छन, ‘समयको गति समाउन मैले पनि आफूलाई यो तीव्र गतिको दौडमा सामेल गरिरहेको छु।’ प्रधानमन्त्री ओलीले गएको वर्ष २०७५ मा आफू मुलुकका विभिन्न भागमा पुगेर त्यहाँबाट विकास गर्नकालागि प्रेरणा …
पुरा पढ्नुहॊस »नयाँ वर्ष २०७६ साल आजबाट सुरु
काठमाडौं । नयाँ वर्ष २०७६ साल आजबाट शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७५ साललाई बिदा गरी वर्ष २०७६ साल आजबाट शुभारम्भ भएको हो । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको …
पुरा पढ्नुहॊस »कार दुर्घटनामा ३ जनाको मृत्यु, एक गम्भीर घाइते
सुनसरी । धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कारमा सवार इटहरी उपमहानगरपालिका–५ का अनिल श्रेष्ठ, ठेगाना नखुलेका जनक बुढाथोकी र मदन लिम्बु रहेका छन्। कारका चालक गोविन्द बस्नेत गम्भीर घाइते भएका छन्। शुक्रबार राति साढे ११ बजे धरानबाट इटहरीतर्फ आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्रयाक्टरको ट्रलीमा बा २० च ४०७६ नम्वरको कार ठोक्किएको प्रहरीले जनाएको छ। ट्रयाक्टरमा ठोक्किएको कार …
पुरा पढ्नुहॊस »एकै दिन मनाइँदैछ दुई पर्व, बिहान चैतेदशैँ, दिउँसो रामनवमी
काठमाडौं । यो वर्ष चैतेदशैँ र रामनवमी एकैदिन मनाइँदैछ। शनिवार बिहान ८: ४६ सम्म अष्टमी र त्यसपछि नवमी लाग्ने पञ्चांगहरूले उल्लेख गरेका छन्।सोहीअनुसार बिहान शक्तिस्वरूपमा भगवतीको उपासना गरिँदैछ भने दिउँसो भगवान् रामको आराधना गरिँदैछ। ‘नवरात्रको अष्टमीमा गर्नुपर्ने विधि सूर्योदय भएकै दिन गर्नु भन्ने निर्देश छ’,पञ्चांग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतम भन्छन्, अष्टमीको सूर्योदय शनिबार बिहान नै हुन्छ।’ त्यसैले यही दिन चैतेदशैँ मनाउन पञ्चांगले निर्देश गरेको उनले बताए। ‘रामको पूजा …
पुरा पढ्नुहॊस »कोटेश्वर–कलङ्की सडक : ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सम्पन्न
काठमाडौँ । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकिएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकेसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम अहिले धमाधम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । दश किलोमिटर लम्बाइको सो सडकमा झण्डै सात किलोमिटर अहिलेसम्म निर्माण भइसकेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । आगामी वर्षसम्ममा बाँकी सडक निर्माण सक्ने योजना रहेको उनले बताए । …
पुरा पढ्नुहॊस »टेलिकमको नयाँ अफर,भ्वाइस र डाटा सित्तैमा
काठमाडौं । नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याकका साथै निशुल्क भ्वाइस प्याक योजना सार्वजनिक गरेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक नामक बिभिन्न योजना रहेका छन्। कम्पनीले प्रदान गरेका यी भ्वाइस प्याकहरु अल टाइम भ्वाइस प्याक अन्तर्गत जीएसएम तथा सिडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा एक दिन देखि ६० दिन सम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिन्छ। यी प्याकेजहरु १० रुपैयाँ देखि ५५० रुपैयाँ सम्ममा खरिद …
पुरा पढ्नुहॊस »पाकिस्तानमा बम बिस्फोटहुँदा १६ को मृत्यु
एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा बम बिस्फोटहुँदा १६ जनाको मृत्यु भएको छ । प्रान्तीय राजधानी क्वेटाको हजारगन्ज क्षेत्रस्थित एउटा तरकारी बजारमा विस्फोट भएको प्रहरीले जनाएको छ। यो बिस्फोट पुलिसको भ्यानलाई निशाना बनाएर गरिएको थियो । उक्त क्षेत्रमा धेरैजसो हजारा शिया समुदायका मानिसहरु बस्छन् । पाकिस्तानमा हजार शिया मानिसहरुलाई निशाना बनाएर पहिले पनि हमला गरिँदै आएको छ ।
पुरा पढ्नुहॊस »चार दिनमा मलेसियाका लागि लिए ६४ जनाले श्रम स्वीकृति
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन्। सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए। ‘सरकारले खुला गरेपछि मलेशिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ’, उनले भने। सरकारले जेठदेखि मलेशिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक …
पुरा पढ्नुहॊस »