देशका विभिन्न स्थानमा बन्ने भयो २७ नयाँ सहर र १३ स्मार्ट सिटी

काठमाडौं – सहरी विकास मन्त्रालयले देशका विभिन्न स्थानमा ४५ वटा नयाँ सहर निर्माण गर्ने भएको छ ।

२७ वटा नयाँ सहर, १३ वटा स्मार्ट सिटी र ५ वटा हिमाली सहरका रूपमा विकास गरिने भएको हो । सहरी विकास तथा भवन निर्माणअन्तर्गत सहरी विकास आयोजनाले सहरहरू निर्माण गर्न अध्यनय कार्य अगाडि बढाएको छ ।

२७ वटा नयाँ सहरमध्ये मध्य पहाडी लोकमार्गमा अवस्थित १२ वटा सहरको अध्ययन सकिएको आयोजना प्रमुख किशोर लाल महाजुले बताए । त्यस्तै, हुलाकी लोकर्मागमा अवस्थित १० नयाँ सहर, तराई मधेस अवस्थित ५ नयाँ सहर, १३ वटा स्मार्ट सिटी र पाँचवटा हिमाली सहरको अध्ययन कार्य अगाडि बढाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस