शपथलगत्तै महासचिव पाण्डेयले गरे पदभार ग्रहण

काठमाडौं । संघीय संसद्का नव नियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले पदभार ग्रहण गरेका छन् । बिहान पद तथा गोपनीयताको शपथ लिएलगत्तै महासचिवमा पाण्डेयले पदभार ग्रहण गरेका हुन् ।

सभामुख देवराज घिमिरेले संघीय संसद्को लोत्से हलमा एक समारोहका बीच पाण्डेयलाई शपथ ग्रहण गराएका थिए । समारोहमा उप सभामुख इन्दिरा राना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलगायतको उपस्थिति रहेको थियो ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए ।​ मंसिर २५ गते पाण्डेयलाई महासचिवका लागि राष्ट्रपतिसमक्ष प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त सिफारिस गरेका थिए । तर, दोहोरो नागरिकतासम्बन्धी विवाद आएपछि पाण्डेयको नियुक्तिमा ढिलाइ भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री