काठमाडाैं । काभ्रेको चौँरीदेउराली गाउँपालिकाले जनयुद्ध दिवसको अवसर पारेर १ फागुनमा सार्वजनिक बिदा दिएको छ । सर्वोच्च अदालतको फैसलाविरुद्ध सो गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
माघ २५ गते चौँरीदेउराली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु चौलागाईंद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा बिदा दिने उल्लेख छ । उक्त सूचना अनुसार माघ २२ गतेको कार्यपालिका बैठकले फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।
फागुन १ गते जनयुद्ध दिवसको उपलक्ष्यमा यस गाउँपालिकाको कार्यालयअन्तर्गतका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्थालगातयका सरकारी, गैरसरकारी, बैंक तथा वित्तीय संघसंस्थाहरूमा मिति २०८० फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सूचित गरिएको छ । जनयुद्ध दिवसुको अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।
प्रतिकृया दिनुहॊस