शैक्षिक भ्रमणबाट फर्कने क्रममा छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्राध्यापक पक्राउ

काठमाडौं । कैलालीको धनगढीमा रहेको सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए)का एक प्राध्यापक पक्राउ परेका छन् । छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा एकेडेमीका ३३ वर्षीय प्राध्यापक डिल्लीराज भण्डारी पक्राउ परेका हुन् ।

होटेल व्यवस्थापन तर्फका संयोजक रहेका भण्डारीले शैक्षिक भ्रमणबाट फर्किदा छात्रामाथि दुर्व्यवहार गरेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले बताए । उनकाअनुसार प्राध्यापक भण्डारीमाथि मनकामना शैक्षिक भ्रमणमा गएर फर्कने क्रममा बसभित्र छात्रालाई दुर्व्यवहार गरेको आरोप छ ।

आइतबार सो सम्बन्धमा छलफल गरिने प्रहरीले जनाएको छ । दुर्व्यवहारको विषयलाई लिएर विद्यार्थी र प्राध्यापकहरूका बिचमा विवादसमेत भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

कस्तो रहला आगामी तीन दिनको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर …

प्रतिकृया दिनुहॊस