काठमाडौँ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको छलफल निष्कर्ष विहीन बनेको छ । चुनावअघि गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत नभएपछि छलफल फेरि निष्कर्षविहीन बनेको हो ।
सोमबार बिहानैदेखि बूढानीलकण्ठमा सभापति देउवा र महामन्त्रीबीच छलफल सुरु भएको थियो । छलफल निष्कर्षविहीन बनेसँगै महासमिति बैठकको उद्घाटन सत्रपछि पुनः बस्ने तय भएको कांग्रेसका एक नेताले मकालुखबरलाई जानकारी दिए ।
महामन्त्री गगन थापाको प्रस्तावमा रहेको गठबन्धन नगर्ने, काग्रेस कार्यकर्ता र शुभेच्छुकले रुख चिह्नबाहेक अन्यत्र भोट हाल्न नपर्नेलगायत बुँदामा सभापती देउवाको असहमति छ । भने महामन्त्री थापा पनि आफ्नो प्रस्तावमा अडिग देखिन्छन् ।
छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माका साथै प्रमुख सचेतक रमेश लेखक रहेका थिए । कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।
प्रतिकृया दिनुहॊस