प्रसूति गृहबाटै मास्क लगाएकी महिलाले यसरी चोरेकी थिइन् २६ दिनको बच्चा

काठमाडौं । कालो मास्क, राताम्मे कपडा र रातै सलको घुम्टो ओडेर एक हातमा पहेँलो ‘ब्याग’ बोकेकी एक महिलाले थापाथलीस्थित प्रसूति गृहबाट बच्चा लगेर गएको सिसिटिभी फुटेजमा देखिएको छ ।

अस्पताल परिसरबाट प्रहरीले संकलन गरेको सिसिटिभी फुटेजमा आफ्नो पहिचान लुकाएकी ती महिलाले आकाशे रङ्गको कपडामा बेरेको बच्चा बोकेर गएको देखिएको छ । काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार दिउँसो एक बच्चा चोरी भएको हो ।

प्रहरीका अनुसार थापाथलीस्थित प्रसूति गृह अस्पतालको कम्पाउण्डबाट २६ दिनको बच्चा चोरी भएको हो ।  चौरीदेउराली गाँउपालिका ३ काभ्रेपलाञ्चोक घर भई काठमाडौँको कपन बस्ने वर्ष २२ की सविना श्रेष्ठले बोकिराखेको अवस्थामा २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले लगेर फरार भएकी हुन् ।

सविनाले २६ दिनअघि छोरीलाई प्रसूति गृहमै जन्माएकी थिइन् । शल्यक्रियापश्चात् जन्माएकी छोरीलाई जन्डिस भएपछि उनीहरूले निरन्तर अस्पतालमै राखेर उनको उपचार गराएर तीन दिनअघि मात्र घर लगेका थिए । शुक्रबार फलोअपका लागि अस्पताल पुगेर लाइनमा चिकित्सकको पालो पर्खिरहेका बेला अर्को लाइनमा बसेकी एक महिलाले छोरी बोकिदिन्छु भनेर लगेको प्रहरीले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस