पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको बीभत्स हत्या

काठमाडौं । मोरङको पथरीशनिश्चरेमा एक किशोरीको हत्या भएको छ । प्रहरीका अनुसार उनको सोमबार राति हत्या भएको हो ।

पथरीशनिश्चरे नगरपालिका-७ स्थित लामा टोलमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार ती किशोरी फूपुको छोराको घरमा बस्दै आएकी थिइन् ।

घर पसिसरमा राति करिब ११ बजे अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेर उनको हत्या गरेको प्रहरीको भनाइ छ । किशोरीको गर्धनसहित शरीरका विभिन्न भागमा हतियारको चोट देखिएको छ ।

आक्रमणका क्रममा उनी चिच्याएपछि दाजु विनोद कोठाबाट निस्किएर घटनास्थलमा गएका थिए । उनले आफू पुगेको केही बेरमै बहिनीको मृत्यु भएको प्रहरीलाई जानकारी गराएका छन् ।

उनी स्थानीय पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ की विद्यार्थी हुन् । किशोरी मामाको छोरा विनोदले घरमा सञ्चालन गरेको होटलमा काम सघाउँदै, स्थानीय विद्यालयमा पढ्दै आएकी थिइन् ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । घरका मानिस एवं आसपास छिमेकका मानिससँग सोधपुछ गर्ने र शंकास्पद व्यक्तिको निगरानी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मार्न गएका वडा सदस्यसहित पाँचजना पक्राउ

काठमाडाैं । करेन्टको प्रयोग गरी अवैध तरिकाले माछा मार्न गएका वडा सदस्यसहित पाँच जनालाई वडा …

प्रतिकृया दिनुहॊस