काठमाडौं । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले ठक्कर दिँदा ९ वर्षीय आरुष पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।
गएराति भरतपुर महानगरपालिका-७ स्थित माछापुच्छ्रे चोकनजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । घटनामा बसमा सवार भरतपुर-७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएकी छन् ।
माडी नगरपालिका-८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहॊस