झापाको भगवती प्लाइउड उद्योगमा आगलागी

काठमाडौं । झापाको मेचीनगर-१५ ज्यामिरगढी भगवती लेमिनेट्स प्लाइउड कारखानामा आगलागी भएको छ । उद्योगमा बिहान पाँच बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी नियन्त्रणमा झापा जिल्लाभरका दर्जनभन्दा बढी दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका डेढ सयभन्दा बढी सुरक्षाकर्मीका साथै स्थानीय समेतको प्रयत्नमा आगो निभाउने प्रयास भइरहेको छ । तर आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

अहिले भित्री भागमा आगो बलिरहेको छ । सुरक्षाकर्मीहरू दमकलको सहायताले आगो निभाउन प्रयासरत छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस