माओवादीबाट नारायण दाहाल बने राष्ट्रियसभा अध्यक्ष उम्मेदवार

काठमाडौँ । माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिद्वारा मनोनित राष्ट्रियसभा सदस्य दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाई हुन् ।

राष्ट्रिय सभा अध्यक्षका लागि नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाएको छ । राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुदै छ भने मंगलबार निर्वाचन हुदै छ ।

एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस