राष्ट्रियसभा अध्यक्षको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार आज ११ बजेदेखि १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । उम्मेदवारको मनोनयन दर्ता संसद भवन नयाँ बानेश्वरको ल्होत्से भवनमा हुने छ । आजै साढे १ बजे दर्ता भएका प्रस्तावको सूची प्रकाशित हुने छ ।

त्यसपछि मंगलबार बिहान ११ बजेर ०९ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव पेश गर्ने छन् भने समर्थकले समर्थन गर्ने छन् । एक भन्दा बढी प्रस्ताव आएमा संक्षिप्त छलफल हुने र प्रस्ताव दर्ताक्रम अनुसार निर्णयार्थ प्रस्तुत हुने तालिका संसद सचिवालयले सार्वजनिक गरेको छ ।

वर्तमान सत्ता गठबन्धन दलको तर्फबाट राष्ट्रियसभा अध्यक्षमा माओवादीले नारायण दाहाललाई उम्मेदवार बनाउने भएको छ भने अर्को तर्फ कांग्रेसले राष्ट्रियसभामा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस