पशुपतिको जंगलमा १९ वर्षीया किशोरीको शव भेटियो

काठमाडौं । काठमाडौं पशुपतिको जंगलमा एक किशोरीको शव फेला परेको छ । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

उनको शव बिहान भेटिएको गौशाला प्रहरी वृतको डिएसपी केशव थेवेले जानकारी दिए । मर्निङवाक गर्न जानेहरु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानमा किशोरीले आत्महत्या गरेको हुनसक्ने देखिएको डिएसपी थेवेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

सिन्धुली घर भई हाल बालुवाखानी, कपन बस्दै उनी केही दिनदेअि सम्पर्कविहीन रहेको बताइएको छ । थापा भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी थिइन् । उनको आफन्तले उनी हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमा अपिल गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई सिधै भद्रकाली लगियो, शुक्रबारबाटै बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको …

प्रतिकृया दिनुहॊस