काठमाडौंका सामुदायिक विद्यालयमा थप १२ हजार विद्यार्थी भर्ना लिन सकिने, प्रतिविद्यार्थी ५ हजार लगानी

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बाल विकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ । सामुदायिक विद्यालयको संख्या ८९ हो ।

८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ । यीमध्ये ३ वटा कारागारभित्र छन् । ४ वटा विशेष विद्यालय हुन् । एउटा रात्रि विद्यालय र एउटा संस्कृत छन् । रात्रि र संस्कृत विद्यालयमा कक्षा ६ देखि मात्र भर्ना गर्ने गरिएको छ । गएको शैक्षिक सत्र २०८० मा करिब ३९ हजार ९५२ जना विद्यार्थीले अध्ययन गरे ।

यस वर्ष प्रारम्भिक बाल विकास कक्षाहरूमा ५ हजार ५१४ जना, कक्षा १ देखि कक्षा ९ सम्म थप ६ हजार ५६६ जना गरी १२ हजार ९२ जना थप विद्यार्थी भर्ना गर्न सकिन्छ । विद्यालयमा उपलब्ध भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको संख्यालगायत सूचकका आधारमा विद्यालयहरूबाट माग गरिएको विवरणका आधारमा यो क्षमता निर्धारण गरिएको हो ।

मेयर बालेन शाहले शैक्षिक गुणस्तर सुधारका लागि चालू आर्थिक वर्षमा मात्रै करिब ३ अर्ब बजेट व्यवस्थापन गरेको बताए । उनकाअनुसार गुणस्तर सुधारका लागि प्रतिविद्यार्थी प्रतिमहिना ५००० रुपैयाँ खर्च गरिरहेको हो । उनले बनेका छन्, ‘कक्षा अनुसार थप भर्ना लिन सकिने विद्यार्थी संख्या को विवरणको लागि https://shorturl.at/bcsH6 मा क्लिक गरी हेर्न सक्नुहुनेछ । विद्यार्थी भर्नाको थप जानकारीका लागि सम्बन्धित विद्यालयमा तथा भर्ना सम्बन्धी गुनासो भएमा ९८५१०६६६१७ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।’

बालेनले भनेका छन् :

हामी निर्वाचित भएर आए देखि शिक्षालाई पहिलो प्राथमिकतामा राखी शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर काम गरिरहेका छौ। शिक्षामा सीप , बुक फ्री फ्राइडे , पूर्व प्राथमिक, प्राथमिक तथा माध्यमिक तहका कक्षाको स्तरोन्नति, बिद्यालय पूर्वाधार स्तरोन्नति तथा निर्माण, प्रविधियुक्त शिक्षा, दिवा खाजामा थप अनुदान, शिक्षक र विद्यार्थीलाई मनोसामाजिक परामर्श, शिक्षक तालिम लगायतका शैक्षिक सुधारमा पहलकदमी कार्यहरु गरिरहेका छौ। महानगर भित्र रहेका ८७ वटा बिद्यालयहरु मध्ये ८२ वटा बिद्यालयमा पूर्व प्राथमिक कक्षा संचालन, अधिकांश बिद्यालयमा अंग्रेजी माध्यममा समेत पढाई , स्थानीय भाषाको पाठ्यक्रम लागु भएका छन। सामुदायिक बिद्यालय निजी बिद्यालय भन्दा अब्बल हुनुपर्छ, माध्यमिक तहसम्मको शिक्षा आधारभूत आवश्यकता हो र यो निशुल्क हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। शैक्षिक गुणस्तर सुधारका लागि चालू आर्थिक बर्षमा मात्रै करिब ३ अर्ब बजेट व्यवस्थापन गरेका छौ। गुणस्तर सुधारका लागि प्रति बिद्यार्थी प्रति महिना ५००० रुपैँया खर्च गरिरहेका छौ। यस शैक्षिक सत्रमा थप १२,०९२ जना बिद्यार्थी लिन सक्ने गरी आवस्यक पूर्वाधार तथा श्रोत साधनको स्तरोन्नति गरेका छौ। कक्षा अनुसार थप भर्ना लिन सकिने बिद्यार्थी संख्या को विवरणको लागि https://shorturl.at/bcsH6 मा क्लिक गरी हेर्न सक्नुहुनेछ। बिद्यार्थी भर्नाको थप जानकारीका लागि सम्बन्धित बिद्यालयमा तथा भर्ना सम्बन्धि गुनासो भएमा ९८५१०६६६१७ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् : भिडिओ

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस