समाचार

खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

काठमाडौं । डडेल्धुरामा खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको ज्यान गएको छ । आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवै जना डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दीपक पाठकले जानकारी दिए । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डडेल्धुरामा राखिएको उनले बताए । …

पुरा पढ्नुहॊस »

अस्ताइन् ऐश्वर्य क्याम्पसकी प्रीति, आज शोक बिदा

धनगढी । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको निधन भएको छ । स्नातक तह दोस्रो वर्षमा अध्ययनरत प्रीति मिश्रको मृत्यु भएको क्याम्पसले जनाएको छ । क्याम्पसले प्रीतिको मृत्युमा आज शोक बिदा समेत दिएको छ ।

पुरा पढ्नुहॊस »

रोकिएन सुन तस्करी, ५ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईबाट आइतबार साँझ पौने ७ बजे आएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन पक्राउ परेका हुन् । विमानस्थल प्रहरी कार्यालयकाअनुसार उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक जाँच गर्ने क्रममा समातिएका हुन् । उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको छ । थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ …

पुरा पढ्नुहॊस »

विश्वासको मत लिंदै कोशीका मुख्यमन्त्री कार्की, यस्तो छ अंकगणित

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्रबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी छ । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार …

पुरा पढ्नुहॊस »

संसद्‌मा प्रस्तुत हुनेबारे थप रणनीति बनाउँदै कांग्रेस

कांग्रेसले सहरकी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति माग गरिरहेको छ । तर, सरकार तयार नभएपछि संसद प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन् ।

पुरा पढ्नुहॊस »

कहाँ-कहाँ पर्दैछ पानी ? तीन दिनको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती, सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदली छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटघाट भएको हो । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको …

पुरा पढ्नुहॊस »

विदेशमा पढ्नेहरुले लगे झण्डै एक खर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा अर्थात् चैत मसान्तसम्म नेपालबाट विदेश पढ्न जाने नाममा झण्डै एक खर्ब बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म नेपालबाट विदेश अध्ययन गर्न जानेहरूमार्फत ९५ अर्ब ८५ करोड बाहिरिएको हो । सार्वजनिक तथ्यांकअनुसार समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४२.५ प्रतिशतले वृद्धि भई १४३ अर्ब २२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ९५ अर्ब ८५ करोड रहेको …

पुरा पढ्नुहॊस »

बाटोमा हिँड्दा ठोक्किएको निहुँमा बत्तीसपुतलीमा युवकको हत्या, पक्राउ परेकाहरु नाबालक

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीस्थित कुमारी टोलमा एक युवकको ज्यान जाने गरी भएको झडप ‘ग्याङ फाइट’ मा पक्राउ पर्ने चार जना नाबालक रहेको खुलेको छ । ग्याङ फाइटमा शम्भु धिमालको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूको पहिचान सार्वजनिक गरेको छैन । चार नाबालकले मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको हत्या गरेका हुन् । मोरङ घर भएर गौशाला बस्ने २३ वर्षीय मनिष चौधरी र शम्भु धिमाल …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds