खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

काठमाडौं । डडेल्धुरामा खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको ज्यान गएको छ । आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवै जना डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दीपक पाठकले जानकारी दिए । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डडेल्धुरामा राखिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि डिएसपी पाठकले जानकारी दिए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds