रोकिएन सुन तस्करी, ५ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईबाट आइतबार साँझ पौने ७ बजे आएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन पक्राउ परेका हुन् ।

विमानस्थल प्रहरी कार्यालयकाअनुसार उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक जाँच गर्ने क्रममा समातिएका हुन् । उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको छ । थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री