एसइईका लागि छुट्टै क्यालेन्डर तयार, यस वर्षको एसइई कहिले ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि छुट्टै क्यालेन्डर तयार पारेको छ । एसइई परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनका लागि छुट्टै शैक्षिक तालिका तयार गरिएको हो ।

नयाँ तालिका अनुसार यस वर्षको एसइई आगामी चैत ७ गतेदेखि सञ्चालन हुनेछ । यसअघि एसइई सञ्चालन हुनुभन्दा एक वा दुई महिनाअघि मात्रै तालिका सार्वजनिक हुने गरेको थियो । सार्वजनिक कार्यतालिका अनुसार परीक्षाको नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने भएको छ ।

बोर्डका अनुसार कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाइ र वितरण २०८१ कात्तिक १ देखि कात्तिक मसान्तसम्म गरिने छ । त्यस्तै कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने २०८१ कात्तिक २६ गतेदेखि पौष ७ गतेसम्म हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस