गृहमन्त्रीलाई कांग्रेसको प्रश्न-लोकेसन पत्ता लाग्यो भनेर जीबी राईलाई भगाउन खोजेको हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले जीबी राईलाई पक्राउ गर्नुभन्दा ‘स्टन्टबाजी’ बढी भएको बताएका छन् ।

आज (आइतबार) प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले गृहमन्त्री रवि लामिछानेले व्यावसायिक साझेदार राईको ‘लोकेसन’ पत्ता लाग्यो भनेर राजपत्रमा प्रकाशित गर्न बाहेक बाँकी के छ र भन्दै मिडियामा बिस्कुन लगाइएको आरोप लगाए । ‘लोकसेन पत्ता लाग्यो भनेर माइकबाट फुक्नु भनेको अभियुक्त पत्ता लगाउने नयाँ शैली हो कि केटाकेटीपन हो वा भगाउने नियत हो ?’, उनले प्रश्न गरे ।

उनले अगाडि भने, ‘जीबी राईको लोकसेन हैन, जीबी राई चाहिएको हो । लोकसेन पत्ता लागेको चार दिन भयो, लोकेसन पत्ता लागेपछि पनि चार दिन किन लाग्छ पक्राउ गर्न ?’ महामन्त्री शर्माले मलेसियाबाट राईलाई ल्याउन कुनै सुपुर्दगी सन्धि नचाहिने पनि बताएका छन् ।

शर्माले सूर्य दर्शन सहकारीका ठगिका आरोपीमध्ये एक जना जीबी राई फरार रहेको र अर्को गृहमन्त्री रहेको उल्लेख गर्दै गृहमन्त्रीले सहकारी ठगीमा फरार रहेका व्यवसायिक साथीलाई पक्राउ गर्न किन समय लाग्यो भन्दै प्रश्न गरेका छन् । महामन्त्री शर्माले सहकारी ठगी प्रकरणको छानबिनमा आशंका रहेको जिकिर गरेका छन् । उनले छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरिएको जनाउदै गृहमन्त्रीले संसदमा झुट बोलेको आरोप लगाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालमा ६९ मुलुकका विदेशी कामदार, सबैभन्दा बढी चिनियाँ

काठमाडौं । स्वदेशमा रोजगारी पाइएन भन्दै वर्षौंदेखि ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । स्वदेशमा पाइने कामका क्षेत्रमा नेपाली युवाको आँखा लागेको छैन । तर तिनै क्षेत्रमा काम गर्न विदेशी नेपाल आउने क्रम बढेको छ ।

प्रतिकृया दिनुहॊस