समाचार

एमालेले भन्यो- कांग्रेसले लिखित माफी माग्नुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो अध्यक्षविरुद्ध निरन्तर प्रतिशोध साँधेको भन्दै सत्तारूढ दल नेकपा एमालेले आक्रोश व्यक्त गरेको छ । बालुवाटारमा भएको शीर्ष नेताको बैठकबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले पछिल्ला दिनमा एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई निशाना बनाएर आरोप लगाइरहेको भन्दै आपत्ति जनाए । उनले नेकपा एमाले र पार्टी अध्यक्ष ओलीविरुद्ध कांग्रेसले प्रायोजित, पूर्वाग्राही, तथ्यहीन, गलत, भ्रामक र आधारहीन लाञ्छाना लगाएको भन्दै आक्रोश पोखे । …

पुरा पढ्नुहॊस »

रविलाई गृहमन्त्रीबाट निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता, बुधबार पेशी

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । गृहमन्त्री लामिछाने पदमा रहँदा सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो । गृहमन्त्री लामिछाने पदमा रहिरहेका बेला सहकारी ठगी प्रकरणको छानबिन हुँदा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ हुने भन्दै अधिवक्ता अतुल विष्टले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । जेठ १६ गतेका लागि रिटको पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको …

पुरा पढ्नुहॊस »

बालुवाटारमा भएन सहमति, शीर्ष नेताहरू फेरि बस्ने

काठमाडौं । सहकारी ठगी प्रकरणको विषयमा संसदीय छानबिन समितिको कार्यादेशबारे छलफलका लागि बसेको बैठक निष्कर्षविहीन बनेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्ष्कमल दाहालसहित सत्ता र प्रतिपक्षी कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । तर आजको बैठकमा छलफल सकारात्मक भए पनि सहमति हुन नसकेको कार्यदलका सदस्य समेत रहेका कांग्रेस सांसद् जीवन परियारले बैठकपछि सञ्चारकर्मीहरुसँग बताए । ‘साँझसम्म गतिरोध अन्त्य गर्न प्रधानमन्त्री लागिराख्नु भएको छ, अहिलेको छलफल सकारात्मक भए …

पुरा पढ्नुहॊस »

चितवन दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो, २० घाइतेको उपचार हुँदै (नामावली)

काठमाडौं । चितवनमा भएको सवारी दुर्घटनाका अर्का घाइते उपचारका क्रममा मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा घाइते भएका ट्रक चालक राजन सुवेदी मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । मृतक सुवेदी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका बासिन्दा हुन् । दुर्घटनामा १७ वर्षीय किशोरको पनि मृत्यु भएको छ । मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । …

पुरा पढ्नुहॊस »

अस्पतालमा रहेका सिरोहियालाई अदालत उपस्थित गराइँदै

जनकपुर । नागरिकता कीर्ते आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज तेस्रो पटक म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ । जेष्ठ ८ मा पक्राउ परेका सिरोहियालाई अनुसन्धान गर्न प्रहरीले धनुषा जिल्ला अदालतबाट दुईपटक ३/३ दिन गरी ६ दिनको म्याद लिएको थियो । दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए । अहिले उनी जनकपुरधामकै सुविधा सम्पन्न काव्या अस्पतालमा उपचाररत छन् । …

पुरा पढ्नुहॊस »

चितवन दुर्घटनाका २२ घाइतेको परिचय खुल्यो (नामावलीसहित)

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकमा चार वटा गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार मृतक अन्दाजी १६-१७ वर्षको किशोरको परिचय खुलेको छैन । घाइते २३ जनामध्ये पाँच जनाको अवस्था गम्भीर छ भने १३ जना मध्यम र तीन जना सामान्य घाइते छन् । सामान्य घाइते भएका ट्रक चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-५ का २६ वर्षीय सुवास …

पुरा पढ्नुहॊस »

स्कुल बसमा आगो लगाउने विव्यस अध्यक्ष पक्राउ, यसअघि जलाएका थिए लघुवित्त

काठमाडौं – चितवनमा निजी स्कुल बसमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा विश्वनाथ थारु (महेश)लाई प्रहरीले पक्राउ गरेको हो । गत वैशाख ३० गते विहान विद्यार्थी लिन जाँदै गरेको भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित स्मल हेभन स्कुलको बागममती प्रदेश ०६-००१ क ००४५ नम्बरको बसलाई भरतपुर-२० दद्रहनी पुलमा थारुको समूहले पेट्रोल बम प्रहार गरेको प्रहरीले बताएको छ । पक्राउ परेका …

पुरा पढ्नुहॊस »

नेपालमा शक्तिशाली ‘रेमल’ चक्रवातको असर देखिने, सतर्कता आवश्यक

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित शक्तिशाली ‘रेमल’ चक्रवातबाट नेपालका चार प्रदेशमा प्रभाव पार्न सक्ने भएकाले सकर्त रहन आग्रह गरेको छ । आइतबार अपराह्न एक बुलेटिनमार्फत महाशाखाले नेपालमा ‘रेमल’ चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि अप्रत्यक्ष प्रभावबाट सोमबार र मंगलबार कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्णरूपमा बदली रहने जनाएको छ । महाशाखाका अनुसार कोसी प्रदेशको केही स्थानमा मेघ गर्जन …

पुरा पढ्नुहॊस »

मध्यराति चार सवारी एकापसमा ठोक्किए : एकजनाको मृत्यु, २२ घाइते

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा आइतबार राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार राति साढे १२ बजे काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ख ३२४८ नम्बरको …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds