समाचार

ड्युटीका प्रहरीलाई चड्कन हानेको आरोप लागेकी वकिलको आँखामुनि घाउ, दुवै पक्ष न्यायको खोजीमा

काठमाडौं । अधिवक्ता नानी थापा (लक्ष्मी थापा)ले प्रहरी जवानमाथि हातपात गरेको भन्दै जाहेरी परेको छ । आइतबार मध्यान्ह काठमाडौं जिल्ला अदालतको ३ नम्बर गेटमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेको भन्दै जाहेरी परेको हो । त्यहाँ बर्दीमा रहेका प्रहरी र कानुन व्यवसायीको औपचारिक पोसाकमा रहेकी थापाबीच विवाद भएको थियो । आइतबार १ बजेर २० मिनेटको समयमा काठमाडौं जिल्ला अदालतको गेट नम्बर ३ मा सुरक्षा दिइरहेको बेलामा कानून व्यवसायी थापाले आफूलाई गालीगलौजसँगै …

पुरा पढ्नुहॊस »

कञ्चनपुरका घर घरमा बाढी : ७ महिने शिशुको मृत्यु, ६२२ जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । कञ्चनपुर जिल्लामा अति भारी वर्षा भएको छ । हन्मान नगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा अति भारी वर्षा भएको छ । यी क्षेत्रमा ५७० मिलिमिटरदेखि ६२०.४  मिलिमिटर वर्षा मापन भएको छ । थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अति भारी वर्षाका कारण उक्त क्षेत्र भएर बग्ने अधिकांश नदीहरूमा हाल जलसतह खतरा तहभन्दा माथि रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश …

पुरा पढ्नुहॊस »

आज पनि प्रतिनिधिसभा बैठक, के छन् कार्यसूची ?

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो । सङ्क्रामक रोगहरूको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी, हात्तिपाइले स्क्रब टाइफस, कालाजार, रुबेलालगायतका रोगहरू रहेका छन् । सङ्क्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले …

पुरा पढ्नुहॊस »

विपद् जोखिम बढ्यो, एक महिनामा ६२ को मृत्यु

काठमाडौं । मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एकगरी नौ जनाको मृत्यु भएको छ । बाढीकै …

पुरा पढ्नुहॊस »

एक वर्षमा ७९४ कर्मचारीले छाडे सरकारी जागिर

काठमाडौं । एक वर्षमा ७ सय ९४ निजामती सेवामा कार्यरत कर्मचारीले जागिरबाट बिदा लिएका छन् । राष्ट्रिय किताबखानाका अनुसार सेवा अवधि बाँकी रहँदै चालु आर्थिक वर्ष २०८०/८१ मा ७९४ निजामती कर्मचारीले राजीनामा बुझाएका हुन् । किताबखानाको रेकर्डमा सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिरी अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन् । सेवावधि बाँकी रहँदै राजीनामा गर्नेहरूमा माथिल्लो तहका कर्मचारीहरू पनि छन् । त्यसमा विशिष्ट श्रेणी (सचिवसरह) का सात कर्मचारी छन्। …

पुरा पढ्नुहॊस »

मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । दलबलसहित बालकोट पुगेकी मीनालाई आइतबार बिहान पक्राउ गरिएको हो । ढकाललाई साइबर क्राइमसम्बन्धी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए । ‘मीना ढकाललाई भक्तपुरबाट पक्राउ गरिएको छ, उनलाई साइबर क्राइमसम्बन्धी मुद्दामा हिरासतमा लिएका छौँ’, कार्कीले भने, ‘उनीविरुद्ध भक्तपुर परिसरबाटै अब मुद्दा अघि बढाउँछौँ ।’ गजुरेलसँग सम्बन्ध …

पुरा पढ्नुहॊस »

मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता प्रत्याभूत हुने गरी संशोधन जरुरी (भिडियोसहित)

काठमाडौं । मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता प्रत्याभूत हुने गरी संशोधन आवश्यक रहेकोमा जोड दिइएको छ । लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले शनिबार राजधानीमा आयोजना गरेको ‘आमसंचार कानुन तथा पत्रकार अभिमुखीकरण’ विषयक एक दिवसीय कार्यशाला गोष्ठीमा सरोकारवाला निकायका प्रतिनिधिहरूले यस्तो बताएका हुन् ।

पुरा पढ्नुहॊस »

सप्तकोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

काठमाडौं । सप्तकोशीमा बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । दुई दिनदेखिको अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि सबै ढोका खोलिएको हो । प्रहरीका अनुसार पानीको पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन् । प्रतिसेकेन्ड नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ७० हजार क्यूसेक पानी बगिरहेको छ । पानीका …

पुरा पढ्नुहॊस »