ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैकिङ्ग सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप ३ शाखारहित बैकिङ्ग सेवा छुटा छुटै ठाँउमा   संचालनमा ल्याएको छ । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, ९ ब्रहमदेव तथा कञ्चनपुर जिल्ला कै कृष्णपुर नगरपालिका, २, बाणाी र डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका, ७ सादनीमा आफ्नो ४७, ४८ र ४९ औ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको भाउ १५ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहॊस